इटहरी : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेरिफिकेसन चेक गर्दा उदयपुरको भुल्केका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल विराटनगरमा पिसिआर टेष्ट गर्दा आज पोजेटिभ रिपोर्ट आएपछि ती ८ जनाको भेरिफिकेसन गर्न धरानको वीपी प्रतिष्ठान ल्याइएको थियो ।
वीपीमा क्रस चेक गर्दा ८ जनाको रिपोर्ट पोजेटिभ आएको धरानस्थित वीपी प्रतिष्ठानका सह–प्रबक्ता डा. अशोक ऐरले पुष्टि गरे ।
Discussion about this post