इटहरी : दमक नगरपालिकाका एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
एक महिना अगाडि दुबहीबाट आएका झापाका २६ बर्षीय युवकको आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि परिवारका तीनजनामा आरडीटी परीक्षण गरिएको थियो । आरडीटीमा तीनै जनाको पोजेटिभ रिपोर्ट आएपछि उनीहरुलाई थप परीक्षणका सुनसरीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याईएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीनजनामा पीसीआर परीक्षण गर्दा ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४९ पुगेको छ।
हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’
इटहरी : प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले पछिल्लो समय भइरहेका सरकारको गतिविधिप्रति असन्तुष्ट जनाएका छन्। अहिले सुकुम्बासीको नाममा संरचना हटाउने कार्यप्रति...













Discussion about this post