इटहरी : दमक नगरपालिकाका एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
एक महिना अगाडि दुबहीबाट आएका झापाका २६ बर्षीय युवकको आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि परिवारका तीनजनामा आरडीटी परीक्षण गरिएको थियो । आरडीटीमा तीनै जनाको पोजेटिभ रिपोर्ट आएपछि उनीहरुलाई थप परीक्षणका सुनसरीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याईएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीनजनामा पीसीआर परीक्षण गर्दा ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४९ पुगेको छ।
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...














Discussion about this post