सुनसरीमा लकडाउनमा कडाई गरिने प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताएका छन् ।
उनका अनुसार अत्यावश्यक सेवा बाहेकका निजी तथा कार्यालयका गाडीहरू सवारी पासको आधारमा गुड्न अबदेखि नपाउने भएका छन् ।
उनले जिल्लामा एम्बुलेन्स, शवबाहन, दमकल, झन्डावाला सवारी, कूटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा सङ्घ संस्थाहरू, संचारकर्मीको हकमा नेपाल सरकार सूचना विभागबाट जारी भएको प्रेस पास प्राप्त संचारकर्मीहरु, स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिष्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरू, औषधी उत्पादक, ढुवानी र बिक्री वितरणमा संलग्न हुने जनशक्तिहरूलाई सम्बन्धित कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा र अन्य सरकारी कार्यालयका कर्मचारीहरूलाई सम्बन्धित कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा बिहान ९ बजे देखि ११ बजे सम्म कार्यालय जान र साँझ ५ बजे देखि ६ बजे सम्म निवासमा फर्कनका लागि मात्र आवागमनमा सहजीकरण गरिने जानकारी दिए ।
Discussion about this post