इटहरीमा आज एकजनामा कोरोना संक्रमित भेटिएका छन् । ज्वरो आएपछि धरान गएका थिए ।
वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार उनलाई ज्वरो आएपछि परीक्षणका लागि धरान गएको र पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।
प्रतिष्ठान स्रोतका अनुसार १८ बर्षीय बर्षका पुरुष हुन् ।
गएराती मात्रै सुनसरीको गढी गाउँपालिकामा एकजनामा कोरोना पोजेटिभ देखिएको थियो ।
यो सँगै सुनसरीमा कोरोना संक्रमितको संख्या २ जना पुगेको छ ।
Discussion about this post