इटहरीमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि इटहरी २० तरहरामा लकडाउन अत्यधिक कडा पारिने तयारी गरिएको छ ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार इटहरी २ का एक युवकमा कोरोना पुष्टि भएपछि तरहरामा लकडाउन कडा पारिने तयारी गरिएको हो ।
“भोलिबाट निस्कने जो कोहिलाई पनि भोलिबाट हामी पक्राउ गरेर चौकीमा राख्नेछौँ,” श्रेष्ठले टाकुरान्यूजसँग भने, “जनताहरुले आफ्नै लागि हो भन्ने नबुझेसम्म समस्या रहन्छ, भोलिदेखि लकडाउब उल्लंघन गर्नेलाई हामी कारबाही गर्नेछौँ ।”
उनले तरहरामा औषधी पसल बाहेक कुनै पनि पसल खोल्न नपाउने बताउँदै आफूले सूचना जारी गरिराखेको प्रतिक्रिया दिए ।
Discussion about this post