विभिन्न राजनीतिक दलहरु सँग शक्तिको आडमा उधुम मच्चाउने सप्तरीका कृष्णकुमार यादब पेस्तोलसहित सुनसरीबाट पक्राउ परेका छन् ।
एक थान पेस्तोल, ३ थान गोली र ठूलो मात्रामा लागूऔषध सहित उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको एसपी कमल थापाले जानकारी दिए ।
यादव सुनसरीमै ३ महिना अगाडि पनि पक्राउ परेको प्रहरीले बताएको छ ।
सुनसरी र सप्तरीका ठूला परियोजनामा समेत फिरौती रकम माग्ने र विभिन्न राजनीतिक दललाई प्रयोग गर्दै आउँने उनलाई भारतीय गाडी लिएर लकडाउनको समयमा सप्तरी सुनसरी र हिड्ने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।
उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post