भारतबाट जोगवनी नाका हुँदै ३०४ जना विराटनगर भित्रिएका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भारतका विभिन्न स्थानमा रहेर मजदुरी तथा आ–आफ्ना पेसा व्यवसाय सञ्चालन गर्दै आएकाहरु नेपाल भित्रिएको जानकारी दिए ।
भित्रिएका १ सय ९५ जना पुरुष र १ सय ९ जना महिला मध्ये ५० जना १८ वर्ष भन्दा कम उमेरका रहेका छन् ।
उनीहरुलाई उद्धार गर्न प्रजिअ भुजेल, मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायत नाकामै पुगेका थिए ।
Discussion about this post