टाकुरा न्युज
Friday, June 20, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विविध

आमाको हत्यापछि आत्महत्या गरेका जीवन प्रहरी हिरासतबाट निस्किएका थिए, यस्तो छ रहस्य

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ १६, २०७७
0
बेलबारीमा आमाको हत्यापछि आफ्नै शरीरमा चक्कु प्रहार गरी आत्महत्या
1.6k
SHARES
Share on FacebookShare on Twitter

बिहीबार मोरङको बेलबारीमा आमाको हत्यापछि छोरा आफैले आत्महत्या गरेको घटनाले सबैलाई स्तब्ध बनायो ।

खाना खाने क्रममा बिहान बेलबारी नगरपालिका ४ स्थित बुधबारेका २६ वर्षीय जीवन लिम्बुले जन्मदिने ६१ वर्षीया देवीकुमारी लिम्बुलाई टाउकोमा इँटा प्रहार गरी घरमै हत्या गरे ।

आमाको हत्यापछि उनले निकै बीभत्स रूपमा हँसिया र छुराले घाटी रेट्नुको साथै छातीमा धेरै पटक रोपेर आफैलाई हत्या गरेका थिए । उनको उपचारको क्रममा बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा मृत्यु भएको थियो ।

आमाको हत्यापछि जीवनले सुरुमा घर नजिकै घाँस काट्दै गरेकी महिलाको हसिया खोसेर छातीमा रोप्ने काट्ने गरे । पछि फेरी उनले छिमेकीको घर भित्रबाट तरकारी काट्ने छुरा ल्याइ आफ्नो गला रेटेका थिए ।
त्यही छुराले छातीमा पनि उनले रोपेका थिए ।

यस्तो बीभत्स दृश्य हेरिरहेका एक स्थानीय भन्छन् स् ‘जीवनले आफ्नो गला काटेर भित्रको नशा हातले तानेका थिए । जस कारण उनको गलाबाट रगतको भल निस्किएको थियो । उनले ६ पटक सम्म छुराले आफ्नो गला रेटे’ ।

‘हामीले उनलाई रोक्न धेरै प्रयास गरौँ, तर रोक्न जानेलाई नै छुरा प्रहार गर्न थालेपछि सबै रमिते भयौ’ । ‘मलाई बचाउनु पदैन’ भन्दै ती भाईले आधा घण्टासम्म कसैलाई नजिक पर्न दिएनन् ।

यो पनि – बेलबारीमा आमाको हत्यापछि आफ्नै शरीरमा चक्कु प्रहार गरी आत्महत्या

‘यस्तो बीभत्स दृश्य मैले अहिलेसम्म देखेको थिइन्’ उनले भने ‘सायद आमा मारेको पछुतोमा उनले आफैलाई हत्या गरे’ ।

पछि इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरीले उनलाई नियन्त्रणमा लिई प्रहरीकै भ्यानमा अस्पताल पुराएको थियो ।

यस्तो छ कारण

लामो समयदेखि प्राय नशामा रहने जीवन बहिनिको विवाह भएपछि घरमा आमा छोरा मात्र बस्थे । घटना भएको अघिल्लो रात जीवन इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा थिए ।

बुधवार साँझ आमासँग झगडा गर्दा घरमा आगो लगाएको आरोपमा प्रहरीले उनलाई एक रात हिरासतमा राखेको थियो । बिहीबार बिहान जनप्रतिनिधि र केही छिमेकीको रोहबरमा उनलाई छाडिएको थियो ।

प्रहरी स्रोतका अनुसार पक्राउ गरी ल्याइएका जीवनले रातभर हिरासतमा कराउने र आफ्नै टाउको भित्तामा बजार्ने कार्य गरेका थिए । प्रहरीले उनलाई हिरासतमा राख्न नसकिने भनेपछि ४ नं। वडाका वडाध्यक्ष रामकुमार राईलाई जानकारी गराइ छाडिएको थियो ।

तर हिरासतबाट निस्किन साथ जीवन आमासँग बिहानैदेखि विवाद गरिएको अवस्थामा उनले अचानक इँटा प्रहार गरेको वडाध्यक्ष राईले बताए ।

‘बुधवार राती आमासँग विवाद हुँदा जीवनले खाटमा आगो लगाइदिएछन्, तत्कालै स्थानीयले प्रहरीलाई खबर गरेपछि उनलाई राती नै प्रहरी कार्यालय लगिएको थियो’ उनले भने ‘तर जीवन बाहिर आएको केही घण्टामै यस्तो घटना हुन पुग्यो’ । जीवन गाउँघरमा प्राय नशामा मात्र देखिन्थे, उनको घरमा प्राय आमासँग विवाद भइरहन्थ्यो ।

बुधवार प्रहरी हिरासतमा बसेको विषयमा बिहान आमासँग विवाद हुँदा यस्तो घटना भएको वडाध्यक्ष राईको अनुमान छ ।

यता इलाका प्रहरी कार्यालय बेलबारीका सई नारायण कुमार योगीले जीवनलाई बुधवार आफ्नै घर तोडफोड र आगजनी गरेको अभियोगमा पक्राउ गरी एक रात राखेर बिहान छाडेको बताए ।

‘घर तोडफोड गरेको भनेर स्थानीयले हामीलाई खबर गरेका थिए, हाम्रो टोलीले उनलाई नियन्त्रणमा लिई हिरासतमा राखेका थियौ’ उनले भने ‘रातभर हिरासत भित्र होहल्ला गरेपछि बिहान सम्झाई बुझाई छाडेका हौ ।

अपराध न्यूजबाट

Related Posts

रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहर, २ वर्ष ६ महिना कैद सजाय पाएका इटहरीका राई पक्राउ
समाचार

रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहर, २ वर्ष ६ महिना कैद सजाय पाएका इटहरीका राई पक्राउ

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ६, २०८२
0

इटहरी : रासायनिक मल हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत काठमाण्डौँबाट दोषी ठहर भई २ वर्ष ६ महिना कैद...

इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुँदै
विविध

इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुँदै

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ६, २०८२
0

इटहरी : बजाज अटोसिटी इटहरीको आयोजनामा असार ८ देखि १३ गतेसम्म बजाज ग्रान्ड एक्सचेन्ज मेला आयोजना हुने भएको छ। मेलामा...

“सुरक्षित यात्रा हामी सबैको चाहना” भन्ने सन्देशसहित कोशी प्रदेशमा ट्राफिक सप्ताह

“सुरक्षित यात्रा हामी सबैको चाहना” भन्ने सन्देशसहित कोशी प्रदेशमा ट्राफिक सप्ताह

प्रकाशित मिति : असार ६, २०८२
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

तीन जना सवार मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना, झापामा एकको ज्यान गयो

प्रकाशित मिति : असार ६, २०८२
गाँजा, फरार र हत्या अनुसन्धानमा सफल बनेका सई खड्का ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

गाँजा, फरार र हत्या अनुसन्धानमा सफल बनेका सई खड्का ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

प्रकाशित मिति : असार ६, २०८२
बीपी प्रतिष्ठानमा सेवा विस्तार : घरमै क्यान्सर उपचार, मोबाइलबाटै ओपीडी टिकट काट्न मिल्ने

बीपी प्रतिष्ठानमा सेवा विस्तार : घरमै क्यान्सर उपचार, मोबाइलबाटै ओपीडी टिकट काट्न मिल्ने

प्रकाशित मिति : असार ६, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहर, २ वर्ष ६ महिना कैद सजाय पाएका इटहरीका राई पक्राउ

रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहर, २ वर्ष ६ महिना कैद सजाय पाएका इटहरीका राई पक्राउ

प्रकाशित मिति : असार ६, २०८२
इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुँदै

इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुँदै

प्रकाशित मिति : असार ६, २०८२
“सुरक्षित यात्रा हामी सबैको चाहना” भन्ने सन्देशसहित कोशी प्रदेशमा ट्राफिक सप्ताह

“सुरक्षित यात्रा हामी सबैको चाहना” भन्ने सन्देशसहित कोशी प्रदेशमा ट्राफिक सप्ताह

प्रकाशित मिति : असार ६, २०८२
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

तीन जना सवार मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना, झापामा एकको ज्यान गयो

प्रकाशित मिति : असार ६, २०८२



लाेकप्रिय

  • एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    3899 shares
    Share 1560 Tweet 975
  • सुनसरीमा तीनजना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    1098 shares
    Share 439 Tweet 275
  • सङ्खुवासभामा शंकास्पद मृत्यु: आमा र ७२ दिने शिशुको एकै साथ अन्त्य

    1010 shares
    Share 404 Tweet 253
  • धरानमा ८२ किलोग्राम गाँजासहित एक युवक पक्राउ

    895 shares
    Share 358 Tweet 224
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    748 shares
    Share 299 Tweet 187
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana