आइतवार राती इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा स्थित एकता मार्गमा मा यहाँका २८ बर्षीय राजन भनिने रादन राईको हत्या भयो ।
संलग्न ३ जना प्रज्वल तामाङ, अभिषेक पौडेल र अभिषेक गिरि रहेका थिए ।
जसमध्ये १९ बर्षीय प्रज्वल तामाङले आफूसंग भएको धारिलो हतियार प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठका अनुसार गएराती करिब ९ बजेर ४५ मिनेटको समयमा प्रेस विज्ञप्ती प्रकाशित गरि प्रारम्भिक अनुसन्धानका क्रममा राईलाई लाठ्ठीले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटकै क्रममा ३ जना मध्ये १९ बर्षीय तामाङले आफूसंग भएको फलामको धारिलो हतियारले राईको पेट र छातिमा प्रहार गरेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
राईको हत्यामा संलग्न दुई जना कक्षा १२ र एक जना कक्षा ११ मा अध्ययनरत रहेको समेत खुलेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेका राईको हत्यामा संलग्न मध्ये तरहरा निवासी घनेन्द्र पौडेलका छोरा २३ बर्षीय अभिषेक पौडेल कक्षा १२, मोरङको कानेपोखरी ५ घर भई इटहरी २० बस्ने १९ बर्षीय प्रज्वल तामाङ कक्षा १२ र इटहरी २० एकता मार्ग निवासी कृष्ण गिरिका छोरा १९ बर्षीय अभिषेक गिरि कक्षा ११ मा अध्ययन रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाइ पक्राउ गरि अनुसन्धान अगाडि बढाइएको इन्सपेक्टर मानप्रसाद श्रेष्ठले बताए । उनका अनुसार उनीहरुलाई अनुसन्धान गरि म्याद थप गरि कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ।
Discussion about this post