तरहरा : तरहरामा सरकारबिरुद्ध प्रदर्शन गरिएको छ ।
वर्तमान केपीशर्मा ओली नेतृत्वको सरकारले कोरोना भाइरसको बहानामा भ्रष्टाचार गरेको भन्दै युवाहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा सामाजिक अभियन्ता विकास बनले आँफूहरु कुनै पनि दलमा समावेश नरहेपनि सरकारले गरेका केही कामहरुको बारेमा असन्तुष्टि रहेको बताए ।

उनले भने, ‘हामी स्वतन्त्र युवाहरुले सरकारले गरेको कामको बारेमा आवाज उठाउँदै जानेछौँ, जनताले सिटामोल नपाईरहेको अवस्थामा राज्यले कार्पेटको नाममा करोडौँ खर्च गरिरहेको छ ।’

इटहरी २० तरहरास्थित सगरमाथा खेल मैदानमा आयोजित शान्तिपूर्ण विरोध कार्यक्रममा स्थानीय हिमांशु विश्वकर्माले अहिले पनि गरिबीको रेखामुनि रहेका जनताहरुले सामान्य स्वास्थ्योपचार गर्न नपाएको अवस्थामा सरकारले करोडौँ रुपैँया हिनामिना गरेको र हिसाब सार्वजनिक नगरेकाले दबाब दिनका लागि उक्त कार्यक्रम आयोजना गरिएको बताए ।

त्यस्तै, कार्यक्रम संयोजक सुशान्त पुरीले सत्तामा बसेर नेपाली जनताको मतको दुरुपयोग गरेको आरोप लगाए । उनले कोरोनाको महामारीमा पनि राज्यले भ्रष्टाचार गरिरहेको आरोप लगाए ।
कार्यक्रममा चार दर्जन बढी युवाहरुको सक्रिय सहभागी रहेको थियो ।

हेर्नुहोस् भिडियो
















Discussion about this post