मृतकका नाममा किर्ते औंठाछाप बनाई जग्गापास गरेको अभियोगमा जिल्ला अदालत सुनसरीले इटहरी उपमहानगरका कर्मचारी राजेन्द्र धिमाल सहित ८ जना बिरुद्द पक्राउ पूर्जी जारी गरेको छ ।
२०७० कात्तिक १० गते निधन भएकी धरान १० की रनमाया लिम्बूको गैर कानुनी रुपमा घरबाटो सिफारिस गरेको भन्दै उनी विरुद्ध मतियार भन्दै विशेष अदालतमा मुद्धा दायर भएको छ ।
उनले घरबाटो सिफारिस गरेर गलत लिखित तयार गर्ने कार्यमा मतियारको भूमिका निर्वाह गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।
लामो समयदेखि इटहरी उपमहानगरपालिकामा रहँदै आएका धिमालसहित उक्त समयमा नायब सुब्बा मनोज घिमिरे, खरिदार कृष्णप्रसाद नेपाल र रामप्रसाद भट्टराईले मृत्यु भएकी लिम्बूको गलत औंठाछाप लागि पेश हुन आएको लिखितलाई जग्गा लिने–दिने व्यक्तिहरूलाई समेत यकिन सनाखत नै नगरी मृतक व्यक्तिको नामको जग्गा पास गरेका थिए ।
धिमाल इटहरी उपमहानगरपालिकामा रहँदै आएपनि यो अख्तियारले मुद्धा दायर गरेपछि उनी निलम्बनमा परेका थिए ।
निलम्बनमा परेपछि धिमाल अहिले इटहरीमा नरहेको बताइएपनि प्रहरीले खोजी कार्यलाई तीब्रता दिएको छ ।
















Discussion about this post