सुनसरीमा थप पाँचजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको दुहबी, बराहक्षेत्र, कोशी गाउँपालिकामा गरी पाँचजनामा कोरोना देखिएको हो । सुनसरीको कोशी गाउँपालिकामा २ महिला र एक पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै, दुहबी नगरपालिका र बराहक्षेत्र नगरपालिकामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५०३ पुगेको छ ।
यस्तै, निको हुनेको संख्या ३७६ पुगेको छ ।
















Discussion about this post