इटहरी २० तरहराबाट एक पुरुष बेपत्ता भएका छन् ।
२०७५ पुषदेखि इटहरी २० तरहराका देवान राई बेपत्ता भएका हुन् ।
परिवारका अनुसार उक्त समयदेखि बेपत्ता भएका राई सम्पर्कमा नआउँदा परिवारजनमा तनाब भएको हो ।
देवानकी छोरीले टाकुरान्यूजसँग भनिन्, हामीले प्रहरीकहाँ पनि उजुरी गरेका छौँ, तर खोजी भने भएको छैन, हामीलाई बाबा नहुँदा ज्यादै समस्या भएको छ ।
उनले आफ्ना ४२ बर्षीय बुवा हराएदेखि नै खोजी कार्य गरेको भएपनि अहिलेसम्म उनी नभेटिदाँ परिवारजनमा तनाब बढेको हो ।
पढाईको खर्च पनि तिर्न सकेको छैन, बोर्डिङबाट फोन आउँछ, उनले भनिन्, बुवा अवकाश प्राप्त प्रहरी सहायक निरीक्षक पनि हो, तर अहिलेसम्म केही पत्ता लागेन ।
उनले आफ्नो बुवाको खोजी गरिदिनका लागि अपिल गरेकी छिन् ।
















Discussion about this post