सुनसरीको रामधुनीमा एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
सुनसरीमा रामधुनी नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । आज मात्रै प्रदेश १ मा ६ जना संक्रमित थपिएका छन् ।
सुनसरीमा १, झापामा ४ जना र मोरङमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमतिको संख्या ७ सय ३० पुगेको छ ।
यसैगरी, प्रदेश १ मा आज ३३ जना डिस्चार्ज भएका छन् ।
















Discussion about this post