प्रदेश १ प्रहरी कार्यालय मोरङमा कार्यरत १९ जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको छ ।
आज मोरङमा कोरोना पुष्टि भएका २२ जनामध्ये १९ जना प्रदेश प्रहरी कार्यालयका प्रहरी रहेका छन् ।
प्रदेश १ प्रहरी प्रवक्ता एसपी दीपक पोख्रेलका अनुसार संंक्रमितहरू सीमानाका छेउ काममा खटिएका भने नरहेको र उनीहरुलाई आजै गोठगाउँको क्वारेन्टिनमा पठाईसकिएको छ ।
उनीहरूमध्ये धेरै जना कार्यालय परिसरकै ब्यारेकमा बस्ने गरेको पोखरेलले जानकारी दिए ।
















Discussion about this post