इटहरी उपमहानगरपालिकाका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
केही दिन अगाडि गरिएको पीसीआर परीक्षणमा उपमहानगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।
तथापि, आधिकारिक सूचना भने आउँन बाँकी रहेको उपमेयर लक्ष्मी गौतमले बताईन् ।
“अलिक अस्ति पाँचजना कर्मचारीको परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आयो,” गौतमले फोन सम्पर्कमा टाकुरासँग भनिन्, “अहिले पाँचजना कर्मचारी मध्य एकजनाको संकास्पद भन्ने कुरा आयो ।”
ती कर्मचारीको पुन:परीक्षण गर्ने तयारी भईरहेको उनको भनाई थियो ।
















Discussion about this post