सुनसरीमा १२ जना सहित प्रदेश १ मा मंगलबार (आज) ४३ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरंगमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मंगलबार मोरङको विराटनगरमा ४ महिला ७ पुरुष, बुढीगंगामा ३ पुरुष १ महिला, लेटाङ, केराबारीमा २–२ पुरुष र उर्लाबारीमा १ पुरुष हेका छन् ।
सुनसरीको दुहवीमा ४ पुरुष, इटहरी ३ पुरुष १ महिला, धरानमा ३ पुरुष र इनरुवामा १ पुरुष रहेका छन् ।
त्यस्तै, झापाको कचनकवलमा ३, दमक र गौरीगञ्जमा २–२, भद्रपुरमा १ पुरुष, इलामको सूर्योदयमा २ पुरुष र धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७१ जना पुगेको छ ।
















Discussion about this post