विरानगरस्थित कोशी अस्पतालमा बुधबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा विराटनगर ९ का ४५ वर्षीय र रंगेली नगरपालिका ८ का ४५ वर्षीय पुरूष रहेको कोशी अस्पतालका आइसोलेन प्रमुख डा. लक्ष्मी नारयण यादवले पुष्टि गरे ।
मंगलबार राति श्वासप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएका विराटनगरका ती पुरूषलाई लिभर र सुगरको समस्या पनि रहेको डा. यादवले बताए ।
यो सँगै मोरङमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।
















Discussion about this post