Thursday, January 22, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध मनाेरञ्जन

इटहरीका सुमन कोइरालाको चर्चा चुलिदैँ, भन्छन्, अवसरको खोजीमा थिएँ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २९, २०७६
in मनाेरञ्जन, समाचार
0
इटहरीका सुमन कोइरालाको चर्चा चुलिदैँ, भन्छन्, अवसरको खोजीमा थिएँ
814
SHARES
Share on FacebookShare on Twitter

इटहरी । इटहरीमा बसेर पत्रकारिता सँगै कमेडीको क्षेत्रमा कार्यक्रम चलाउँन सुरु गरेका सुमन कोइराला कमेडी च्याम्पियनमार्फत आफ्नो प्रस्तुतिलाई निखार्दै गएका छन् ।
कान्तिपुर टेलिभिजनमा हरेक सोमबार र मंगलबार प्रसारण हुने रियालिटी शो कमेडी च्याम्पियनमा उनको एउटा प्रस्तुतिले आम मानिसको ध्यान खिच्यो । जसमा उनले एउटा दलालको पात्रमा व्यङ्ग्य गरेका थिए । सोही प्रस्तुतिले निर्णायकहरुले उठेर ताली बजाएका थिए । टप ७ को दले क्यारेक्टरबाट कमेडीको दुनियाँमा इतिहाँस रच्न सक्ने भनिएका उनि गएको मंगलबारको एपिसोडमा पनि उनले दर्शकहरुलाई भरपुर रमाईलोको स्वाद चखाइरहेका थिए भने निर्णायकको रुपमा रहेका जजले पनि भरपुर मनोरंजन लिईरहेका थिए ।
यता विशेष अथितिको रुपमा शोमा निम्त्याईएका कमेडियन सन्दीप क्षेत्री र बुद्धि तामाङले पनि उनको कमेडीलाई खुलेरै तारिफ गरे । प्रतिस्पर्धाबाट बहिरिएर पनि उनि वाइल्ड कार्ड इन्ट्रीबाट उत्कृष्ट ७ मा प्रवेश गरेका थिए । यो शोबाट सुमन अर्गानिक कमेडियनको रुपमा परिचित छन् । टप ७ को ‘दले’ क्यारेक्टरले उनलाई देश तथा बिदेशमा समेत चर्चामा ल्यायो भने मंगलबारको एपिसोडमा उनको दमदार प्रस्तुति पश्चात शो मा उपस्थिति दर्शकबाट वान्समोरले शो नै गुञ्जयमान भएको थियो ।
उनी निर्णायकको उच्च मुल्यांकन सहित पफर्मर राउण्ड अफ द डे घोषित भई सिधै टप ५ मा प्रबेश समेत भए । टप ५ मा हिजो मंगलबार उनले बीमाङ्कको पात्रमा आफ्नो प्रस्तुतिलाई खरो बनाए । उनले बीमा गर्ने मानिसको पात्रमा राम्रो प्रस्तुति दिए । उनको अहिले सामाजिक सञ्जालदेखि चिया गफ सम्म सकारात्मक चर्चा हुने गरेको छ ।


को हुन् सुमन ?
सुनसरीको रामधुनी नगरपालिकामा रहेको स्थानीय रामधुनी एफएमबाट कमेडीको क्षेत्रमा कार्यक्रम चलाउँन सुरु गरेका सुमनको उमेर २४ वर्ष भयो । पछि रेडियोमा राम्रै कार्यक्रम चलाउँन थालेपछि इटहरीमा रहेको एरिना टेलिभिजनमा उनले कार्यक्रम सञ्चालन गर्न थाले । कार्यक्रमको नाम थियो – ‘गोलभेडा’ । उक्त कार्यक्रमलाई स्कुले विद्यार्थीदेखि बुढापाकाले समेत रुचाए । बेला–बेला क्यामेरा बोकेर विभिन्न कार्यक्रममा समाचार कलेक्सन गर्न समेत पुग्ने सुमन अहिले कमेडी च्याम्पियनमार्फत लोकप्रिय बन्दै गईरहेका छन् ।
यसअघि ‘भद्रगोल’ टेलिसिरियलमा दीपक आचार्य सँग सुटिङ हेर्न पुगे । आचार्य भद्रगोलका सहनिर्देशक रहँदा सुमनले भद्रगोलमा समेत खेल्न भ्याए । सुमन भन्छन्, ‘म काठमाडौँ आएकै कमेडीको क्षेत्रमा अवसर खोज्नका लागि हो ।’ कोईराला १६ महिना अगाडि काठमाडौँ छिरेका हुन् । उनले टाकुरासँगको कुराकानीमा भने, ‘मैले यसअघि भद्रगोल, उल्टो, सुल्टो कार्यक्रममा पनि केही प्रस्तुति गर्न पाएँ, अवसरकै खोजीमा म आएको हुँ ।’ उनले आँफू अहिले सिकाईकै क्रममा रहेको र आँफूलाई भोट गर्नका लागि अपिल समेत गरे ।
कोईरालाले पढाईसँगै आफ्नो करियर बनाउँनका लागि कमेडीको क्षेत्रमा अब्बल बन्दै गए । अहिले कमेडी च्याम्पियनमार्फत दर्शक सँगै कलाकारको मन जितिरहेका सुमनले यसअघि अनलाईन बिजनेशमा जागिर गरेका थिए । ‘यो पालिको सपोर्ट मिलेको खण्डमा म निरन्तर यहि क्षेत्रमा लाग्नेछु,’ उनले भने ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ
समाचार

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
माघ ८, २०८२
0

धरान : जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले धरान उपमहानगरपालिका-२ स्थित चिनियाँ चोकमा चेकजाँचका क्रममा लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ...

विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश
खेलकुद

विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश

by गुरु ढकाल
माघ ८, २०८२
0

विराटनगर : नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा विराट क्रिकेट एकेडेमी...

रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

सुनसरी–२ का रास्वपा उम्मेदवार थापाविरुद्धको उजुरी खारेज

माघ ८, २०८२
निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

झापामा मतदानस्थलको तीन तहमा वर्गीकरण, ९५ वटा मतदानस्थल अति संवेदनशील

माघ ८, २०८२
२४ वर्षपछि कोशीटप्पुमा रातोटाउके बगेडी चराको दोस्रो अभिलेख

२४ वर्षपछि कोशीटप्पुमा रातोटाउके बगेडी चराको दोस्रो अभिलेख

माघ ८, २०८२
विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा

विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा

माघ ७, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ

माघ ८, २०८२
विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश

विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश

माघ ८, २०८२
रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

सुनसरी–२ का रास्वपा उम्मेदवार थापाविरुद्धको उजुरी खारेज

माघ ८, २०८२
निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

झापामा मतदानस्थलको तीन तहमा वर्गीकरण, ९५ वटा मतदानस्थल अति संवेदनशील

माघ ८, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    686 shares
    Share 274 Tweet 172
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    458 shares
    Share 183 Tweet 115
  • साँझको भीडभाडमा ब्राउनसुगर कारोबारको प्रयास, इटहरीबाट एक युवक पक्राउ

    267 shares
    Share 107 Tweet 67
  • रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

    240 shares
    Share 96 Tweet 60
  • रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

    196 shares
    Share 78 Tweet 49

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.