इटहरी । इटहरीमा बसेर पत्रकारिता सँगै कमेडीको क्षेत्रमा कार्यक्रम चलाउँन सुरु गरेका सुमन कोइराला कमेडी च्याम्पियनमार्फत आफ्नो प्रस्तुतिलाई निखार्दै गएका छन् ।
कान्तिपुर टेलिभिजनमा हरेक सोमबार र मंगलबार प्रसारण हुने रियालिटी शो कमेडी च्याम्पियनमा उनको एउटा प्रस्तुतिले आम मानिसको ध्यान खिच्यो । जसमा उनले एउटा दलालको पात्रमा व्यङ्ग्य गरेका थिए । सोही प्रस्तुतिले निर्णायकहरुले उठेर ताली बजाएका थिए । टप ७ को दले क्यारेक्टरबाट कमेडीको दुनियाँमा इतिहाँस रच्न सक्ने भनिएका उनि गएको मंगलबारको एपिसोडमा पनि उनले दर्शकहरुलाई भरपुर रमाईलोको स्वाद चखाइरहेका थिए भने निर्णायकको रुपमा रहेका जजले पनि भरपुर मनोरंजन लिईरहेका थिए ।
यता विशेष अथितिको रुपमा शोमा निम्त्याईएका कमेडियन सन्दीप क्षेत्री र बुद्धि तामाङले पनि उनको कमेडीलाई खुलेरै तारिफ गरे । प्रतिस्पर्धाबाट बहिरिएर पनि उनि वाइल्ड कार्ड इन्ट्रीबाट उत्कृष्ट ७ मा प्रवेश गरेका थिए । यो शोबाट सुमन अर्गानिक कमेडियनको रुपमा परिचित छन् । टप ७ को ‘दले’ क्यारेक्टरले उनलाई देश तथा बिदेशमा समेत चर्चामा ल्यायो भने मंगलबारको एपिसोडमा उनको दमदार प्रस्तुति पश्चात शो मा उपस्थिति दर्शकबाट वान्समोरले शो नै गुञ्जयमान भएको थियो ।
उनी निर्णायकको उच्च मुल्यांकन सहित पफर्मर राउण्ड अफ द डे घोषित भई सिधै टप ५ मा प्रबेश समेत भए । टप ५ मा हिजो मंगलबार उनले बीमाङ्कको पात्रमा आफ्नो प्रस्तुतिलाई खरो बनाए । उनले बीमा गर्ने मानिसको पात्रमा राम्रो प्रस्तुति दिए । उनको अहिले सामाजिक सञ्जालदेखि चिया गफ सम्म सकारात्मक चर्चा हुने गरेको छ ।
को हुन् सुमन ?
सुनसरीको रामधुनी नगरपालिकामा रहेको स्थानीय रामधुनी एफएमबाट कमेडीको क्षेत्रमा कार्यक्रम चलाउँन सुरु गरेका सुमनको उमेर २४ वर्ष भयो । पछि रेडियोमा राम्रै कार्यक्रम चलाउँन थालेपछि इटहरीमा रहेको एरिना टेलिभिजनमा उनले कार्यक्रम सञ्चालन गर्न थाले । कार्यक्रमको नाम थियो – ‘गोलभेडा’ । उक्त कार्यक्रमलाई स्कुले विद्यार्थीदेखि बुढापाकाले समेत रुचाए । बेला–बेला क्यामेरा बोकेर विभिन्न कार्यक्रममा समाचार कलेक्सन गर्न समेत पुग्ने सुमन अहिले कमेडी च्याम्पियनमार्फत लोकप्रिय बन्दै गईरहेका छन् ।
यसअघि ‘भद्रगोल’ टेलिसिरियलमा दीपक आचार्य सँग सुटिङ हेर्न पुगे । आचार्य भद्रगोलका सहनिर्देशक रहँदा सुमनले भद्रगोलमा समेत खेल्न भ्याए । सुमन भन्छन्, ‘म काठमाडौँ आएकै कमेडीको क्षेत्रमा अवसर खोज्नका लागि हो ।’ कोईराला १६ महिना अगाडि काठमाडौँ छिरेका हुन् । उनले टाकुरासँगको कुराकानीमा भने, ‘मैले यसअघि भद्रगोल, उल्टो, सुल्टो कार्यक्रममा पनि केही प्रस्तुति गर्न पाएँ, अवसरकै खोजीमा म आएको हुँ ।’ उनले आँफू अहिले सिकाईकै क्रममा रहेको र आँफूलाई भोट गर्नका लागि अपिल समेत गरे ।
कोईरालाले पढाईसँगै आफ्नो करियर बनाउँनका लागि कमेडीको क्षेत्रमा अब्बल बन्दै गए । अहिले कमेडी च्याम्पियनमार्फत दर्शक सँगै कलाकारको मन जितिरहेका सुमनले यसअघि अनलाईन बिजनेशमा जागिर गरेका थिए । ‘यो पालिको सपोर्ट मिलेको खण्डमा म निरन्तर यहि क्षेत्रमा लाग्नेछु,’ उनले भने ।
Discussion about this post