Wednesday, July 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

exclusive : तरहराको कामधेनु डेरीमा अनियमितता

विवेक विवश रेग्मी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २१, २०७६
in टाकुरा विशेष, विविध, समाचार
0
exclusive : तरहराको कामधेनु डेरीमा अनियमितता
660
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी २० तरहरामा रहेको कामधेनु दूग्ध विकास सहकारी संस्थामा अनियमितताको आशंका भएको भन्दै निर्माण समिति भंग गरिएको छ ।
कामधेनु डेरीले इटहरी १ आँपगाछीमा निर्माण गर्दै गरेको भवनका लागि आवश्यक मेसिन खरिद प्रकरणमा भवन निर्माण उपसमितिका सदस्य टीकादत्त बन र प्रोजेक्ट इन्जिनियरिङ सर्भिसेस कम्पनीका इन्जिनियर जेम्स कुत्ती बीचको टेलिफोन संवादमा बनले अनियमितता गर्न खोजेको भन्दै भवन निर्माण समिति भंग गरिएको हो ।
१२ मिनेट ५३ सेकेन्डको फोन वार्तामा बनले कुत्तीलाई मेसिनको मूल्य बढाएर खरीद गर्नका लागि कमिसनको सेटिङ गरेको सुनिन्छ । करीब २ करोड पर्ने मेसिनको मूल्य बढाएर कमिसन मागेको अडियो टेप सार्वजनिक भएसँगै सञ्चालक समितिले अहिले भवन निर्माण समिति तथा अन्य सबै उपसमितिलाई भंग गरेको हो ।
लेखा समितिका संयोजक घनश्याम ढकालका अनुसार नेपाल सरकारसँग गत बर्ष ४ करोड अनुदान लिने सम्झौता भएको र सो रकममध्येको करीब २ करोड रुपैँयाको मेसिन खरिद गर्ने भनिएपनि उक्त टेण्डरमा बिलो रकम बढी देखाएर कमिसन रकम माग गरिएको अडियो टेप सार्वजनिक भएपछि यतिबेला उक्त डेरीमा खैलाबैला भएको छ । तर, यो कुरा भने बाहिरिन नदिनका लागि अनेक खेल समेत खेलिएको छ । ‘टेण्डर नपरेपछि किन त्यही कम्पनीसँग कुरा गर्ने,’ लेखा समिति संयोजक ढकालले टाकुरासँग भने, ‘अडियोमा मूल्य बढाएर हाल्ने भन्ने कुरा छ ।’ उक्त टेण्डर पाँचवटा कम्पनीले हाल्ने भनिएको भएपनि दुईवटा कम्पनीले मात्र लगाएका थिए । एउटा एक करोड ९२ लाख र अर्को एक करोड ८४ लाखको टेण्डर रहेको थियो । सो टेण्डरमा बिलो रकम बढाएर बनले टेण्डर पार्नका लागि सेटिङ गरेको अडियो टेपमा सुनिन्छ ।
‘सन्चालक समितिले गठन गरेको उपसमिती पनि भंग भएको छ,’ ढकालले भने, ‘अडियो आएपछि त्यो टेन्डर भंग भएको र अहिले सन्चालक समितिको निगरानीमा काम भईरहेको छ ।’ १ करोड ९२ लाखवालासँग बनले फोनमा कुराकानी गरेको उनले बताए । ‘अडियोमा संस्थाका व्यवस्थापक कहिँ नमुछिएको भएपनि संस्थाका व्यवस्थापकसँग सल्लाह गरेर त्यो काम गरेको हुँ भन्ने कुरा आएको छ,’ उनले भने, ‘हामीले गल्ती गरेपनि संस्थागत हितका लागि गरेको भन्ने उहाँहरुको कुरा आयो ।’
ढकालले गैरकानुनी रुपमा टेन्डर हाल्नु नै गलत भएकाले व्यवस्थापकीय जिम्मेवारीबाट निकाला गरिएको जानकारी दिए । ‘सन्चालक समितिको निर्णय नै अन्तिम निर्णय रहेकाले अहिले हामीले रि टेन्डर पनि खुलाएका छौँ,’ उनले भने, ‘गल्ती गर्नेलाई त्यहीँ रोक्ने र काम अगाडि बढाउने हाम्रो योजना हो ।’ उनले कामधेनुले नयाँ प्लान्टको लागि पुँजीले नभ्याउने भएर सरकारसँग अनुदान माग गरिएको बताए । उक्त भवनका लागि खरिद गर्न लागिएको मेसिनले दूधका सबै आइटम सँगै आइसक्रिम समेत उत्पादन गर्नका लागि रहेको भएपनि अहिले मेसिन खरिदको काम रोक्का भएकाले समस्या रहेको उनले बताए ।
‘त्यो टेण्डरको रकम बढाएर हाल्ने कुराको नियत नै खराब देखिन्छ,’ ढकालले टाकुरासँग टेलिफोन सम्पर्कमा भने, ‘अपचलन गर्नु गलत रहेको हाम्रो बुझाई रह्यो, छानविन गरेर तुरुन्त कारबाही गरौँ, भन्ने हाम्रो निर्णय रह्यो ।’ उनले अहिले सबै उपसमितिहरु भंग भएको बताउँदै भने, ‘उहाँहरुले नियत गलत नभएको बताउँनुभयो, तर कुनै कम्पनी गलत छ भने कानुनी प्रक्रियाबाट जानुपथ्र्यो, कम्पनीलाई भनेको पनि देखिदैँन ।’ उनले आँफूहरुले ठेक्का दिएको कम्पनीले एग्रिमेन्ट अनुसार काम नगरेको नोटिस गरेको बताए । ‘कानुनी प्रक्रियाबाट जानुपर्छ भन्ने हाम्रो कुरा हो,’ उनले भने, ‘काम गर्ने मानिसबाट गल्ती हुन्छ ठीकै हो, तर पदीय जिम्मेवारी भन्दा माथिको कुरा हो ।’
उता संस्थाका अध्यक्ष बाबुराम खत्रीले भने नियत गलत नभएको भन्दै पन्छिने काम गरे । ‘उहाँहरुको नियत त्यस्तो हैन, हामीले त्यसलाई सेटल गरिसकेका छौँ,’ उनले फोन सम्पर्कमा भने, ‘अलिअलि त भकै हो, तर टेण्डर नपार्नका लागि भनेको भन्ने कुरा आयो, सल्लाह नै नभएकाले चैँ समस्या हो ।’ उनले बाहिरी नजरबाट हेर्दा गलत भएको बुझिएपनि संस्थागत हिसाबमा हेर्दा नकारात्मक कुरा नभएको बताए ।
उता, भारतीय एजेन्टसँग फोन सम्पर्कमा कुरा गरेको अडियो बाहिरिएपछि अनियमितताको आरोप लागेका टीकादत्त बनले भने आफ्नो गलत नियत नरहेको स्पष्ट पारे । उनले टाकुरासँग भने, ‘मैले आठ पेज लामो स्पष्टीकरणमा प्रष्ट पारिसकेको छु, जेम्सले काम नगरेका कारण मैले त्यो टेण्डर नपार्नका लागि उक्त रकम बढाउँनका लागि भनिएको हो ।’ उनले उक्त कम्पनीले काम चित्त बुझ्दो ढंगबाट नगरेका कारण आँफूले रकम बढाउँदा टेण्डर नपर्ने भएकाले त्यसो गरेको प्रतिक्रिया दिए । ‘टेण्डर सूचनाकै बेला पनि ती व्यक्ति सँग पटक–पटक विवाद र तनावको स्थिति सृजना भयो, मैले संस्थागत हितकै लागि काम गरेको हुँ, तर बाहिर गलत नियतको कुरा मात्र गयो,’ उनले भने, ‘मेरै कारणले गर्दा आज संस्थामा सरकारी निकायबाट अनुदानको योजना सम्झौता गर्न सफल भएको छु, मेरो व्यक्तिगत स्वार्थका लागि भए मैले किन गर्ने ?’

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित
समाचार

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चालित औषधि पसलमाथि प्रशासनले कारबाही थालेको छ। संयुक्त अनुगमन टोलीले कानुनी...

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन
FEATURE BREAKING

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : लोपोन्मुख नभए पनि नेपालका सिमसार क्षेत्रमा पाइने आकर्षक जलचर चरा जल अप्सरा लामो समयपछि सुनसरीको तरहरामा पुनः देखिएको...

पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३

झापा : एक वर्षमा ६५३ हराएका व्यक्ति भेटिए, १२३ घरेलु हिंसाका उजुरी फर्छ्योट

साउन ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

साउन ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

साउन ५, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३
पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    770 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    441 shares
    Share 176 Tweet 110

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.