टाकुरा न्युज
Friday, June 20, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

exclusive : तरहराको कामधेनु डेरीमा अनियमितता

विवेक विवश रेग्मी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : चैत्र २१, २०७६
0
exclusive : तरहराको कामधेनु डेरीमा अनियमितता
621
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी २० तरहरामा रहेको कामधेनु दूग्ध विकास सहकारी संस्थामा अनियमितताको आशंका भएको भन्दै निर्माण समिति भंग गरिएको छ ।
कामधेनु डेरीले इटहरी १ आँपगाछीमा निर्माण गर्दै गरेको भवनका लागि आवश्यक मेसिन खरिद प्रकरणमा भवन निर्माण उपसमितिका सदस्य टीकादत्त बन र प्रोजेक्ट इन्जिनियरिङ सर्भिसेस कम्पनीका इन्जिनियर जेम्स कुत्ती बीचको टेलिफोन संवादमा बनले अनियमितता गर्न खोजेको भन्दै भवन निर्माण समिति भंग गरिएको हो ।
१२ मिनेट ५३ सेकेन्डको फोन वार्तामा बनले कुत्तीलाई मेसिनको मूल्य बढाएर खरीद गर्नका लागि कमिसनको सेटिङ गरेको सुनिन्छ । करीब २ करोड पर्ने मेसिनको मूल्य बढाएर कमिसन मागेको अडियो टेप सार्वजनिक भएसँगै सञ्चालक समितिले अहिले भवन निर्माण समिति तथा अन्य सबै उपसमितिलाई भंग गरेको हो ।
लेखा समितिका संयोजक घनश्याम ढकालका अनुसार नेपाल सरकारसँग गत बर्ष ४ करोड अनुदान लिने सम्झौता भएको र सो रकममध्येको करीब २ करोड रुपैँयाको मेसिन खरिद गर्ने भनिएपनि उक्त टेण्डरमा बिलो रकम बढी देखाएर कमिसन रकम माग गरिएको अडियो टेप सार्वजनिक भएपछि यतिबेला उक्त डेरीमा खैलाबैला भएको छ । तर, यो कुरा भने बाहिरिन नदिनका लागि अनेक खेल समेत खेलिएको छ । ‘टेण्डर नपरेपछि किन त्यही कम्पनीसँग कुरा गर्ने,’ लेखा समिति संयोजक ढकालले टाकुरासँग भने, ‘अडियोमा मूल्य बढाएर हाल्ने भन्ने कुरा छ ।’ उक्त टेण्डर पाँचवटा कम्पनीले हाल्ने भनिएको भएपनि दुईवटा कम्पनीले मात्र लगाएका थिए । एउटा एक करोड ९२ लाख र अर्को एक करोड ८४ लाखको टेण्डर रहेको थियो । सो टेण्डरमा बिलो रकम बढाएर बनले टेण्डर पार्नका लागि सेटिङ गरेको अडियो टेपमा सुनिन्छ ।
‘सन्चालक समितिले गठन गरेको उपसमिती पनि भंग भएको छ,’ ढकालले भने, ‘अडियो आएपछि त्यो टेन्डर भंग भएको र अहिले सन्चालक समितिको निगरानीमा काम भईरहेको छ ।’ १ करोड ९२ लाखवालासँग बनले फोनमा कुराकानी गरेको उनले बताए । ‘अडियोमा संस्थाका व्यवस्थापक कहिँ नमुछिएको भएपनि संस्थाका व्यवस्थापकसँग सल्लाह गरेर त्यो काम गरेको हुँ भन्ने कुरा आएको छ,’ उनले भने, ‘हामीले गल्ती गरेपनि संस्थागत हितका लागि गरेको भन्ने उहाँहरुको कुरा आयो ।’
ढकालले गैरकानुनी रुपमा टेन्डर हाल्नु नै गलत भएकाले व्यवस्थापकीय जिम्मेवारीबाट निकाला गरिएको जानकारी दिए । ‘सन्चालक समितिको निर्णय नै अन्तिम निर्णय रहेकाले अहिले हामीले रि टेन्डर पनि खुलाएका छौँ,’ उनले भने, ‘गल्ती गर्नेलाई त्यहीँ रोक्ने र काम अगाडि बढाउने हाम्रो योजना हो ।’ उनले कामधेनुले नयाँ प्लान्टको लागि पुँजीले नभ्याउने भएर सरकारसँग अनुदान माग गरिएको बताए । उक्त भवनका लागि खरिद गर्न लागिएको मेसिनले दूधका सबै आइटम सँगै आइसक्रिम समेत उत्पादन गर्नका लागि रहेको भएपनि अहिले मेसिन खरिदको काम रोक्का भएकाले समस्या रहेको उनले बताए ।
‘त्यो टेण्डरको रकम बढाएर हाल्ने कुराको नियत नै खराब देखिन्छ,’ ढकालले टाकुरासँग टेलिफोन सम्पर्कमा भने, ‘अपचलन गर्नु गलत रहेको हाम्रो बुझाई रह्यो, छानविन गरेर तुरुन्त कारबाही गरौँ, भन्ने हाम्रो निर्णय रह्यो ।’ उनले अहिले सबै उपसमितिहरु भंग भएको बताउँदै भने, ‘उहाँहरुले नियत गलत नभएको बताउँनुभयो, तर कुनै कम्पनी गलत छ भने कानुनी प्रक्रियाबाट जानुपथ्र्यो, कम्पनीलाई भनेको पनि देखिदैँन ।’ उनले आँफूहरुले ठेक्का दिएको कम्पनीले एग्रिमेन्ट अनुसार काम नगरेको नोटिस गरेको बताए । ‘कानुनी प्रक्रियाबाट जानुपर्छ भन्ने हाम्रो कुरा हो,’ उनले भने, ‘काम गर्ने मानिसबाट गल्ती हुन्छ ठीकै हो, तर पदीय जिम्मेवारी भन्दा माथिको कुरा हो ।’
उता संस्थाका अध्यक्ष बाबुराम खत्रीले भने नियत गलत नभएको भन्दै पन्छिने काम गरे । ‘उहाँहरुको नियत त्यस्तो हैन, हामीले त्यसलाई सेटल गरिसकेका छौँ,’ उनले फोन सम्पर्कमा भने, ‘अलिअलि त भकै हो, तर टेण्डर नपार्नका लागि भनेको भन्ने कुरा आयो, सल्लाह नै नभएकाले चैँ समस्या हो ।’ उनले बाहिरी नजरबाट हेर्दा गलत भएको बुझिएपनि संस्थागत हिसाबमा हेर्दा नकारात्मक कुरा नभएको बताए ।
उता, भारतीय एजेन्टसँग फोन सम्पर्कमा कुरा गरेको अडियो बाहिरिएपछि अनियमितताको आरोप लागेका टीकादत्त बनले भने आफ्नो गलत नियत नरहेको स्पष्ट पारे । उनले टाकुरासँग भने, ‘मैले आठ पेज लामो स्पष्टीकरणमा प्रष्ट पारिसकेको छु, जेम्सले काम नगरेका कारण मैले त्यो टेण्डर नपार्नका लागि उक्त रकम बढाउँनका लागि भनिएको हो ।’ उनले उक्त कम्पनीले काम चित्त बुझ्दो ढंगबाट नगरेका कारण आँफूले रकम बढाउँदा टेण्डर नपर्ने भएकाले त्यसो गरेको प्रतिक्रिया दिए । ‘टेण्डर सूचनाकै बेला पनि ती व्यक्ति सँग पटक–पटक विवाद र तनावको स्थिति सृजना भयो, मैले संस्थागत हितकै लागि काम गरेको हुँ, तर बाहिर गलत नियतको कुरा मात्र गयो,’ उनले भने, ‘मेरै कारणले गर्दा आज संस्थामा सरकारी निकायबाट अनुदानको योजना सम्झौता गर्न सफल भएको छु, मेरो व्यक्तिगत स्वार्थका लागि भए मैले किन गर्ने ?’

Related Posts

रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहर, २ वर्ष ६ महिना कैद सजाय पाएका इटहरीका राई पक्राउ
समाचार

रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहर, २ वर्ष ६ महिना कैद सजाय पाएका इटहरीका राई पक्राउ

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ६, २०८२
0

इटहरी : रासायनिक मल हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत काठमाण्डौँबाट दोषी ठहर भई २ वर्ष ६ महिना कैद...

इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुँदै
विविध

इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुँदै

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ६, २०८२
0

इटहरी : बजाज अटोसिटी इटहरीको आयोजनामा असार ८ देखि १३ गतेसम्म बजाज ग्रान्ड एक्सचेन्ज मेला आयोजना हुने भएको छ। मेलामा...

“सुरक्षित यात्रा हामी सबैको चाहना” भन्ने सन्देशसहित कोशी प्रदेशमा ट्राफिक सप्ताह

“सुरक्षित यात्रा हामी सबैको चाहना” भन्ने सन्देशसहित कोशी प्रदेशमा ट्राफिक सप्ताह

प्रकाशित मिति : असार ६, २०८२
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

तीन जना सवार मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना, झापामा एकको ज्यान गयो

प्रकाशित मिति : असार ६, २०८२
गाँजा, फरार र हत्या अनुसन्धानमा सफल बनेका सई खड्का ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

गाँजा, फरार र हत्या अनुसन्धानमा सफल बनेका सई खड्का ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

प्रकाशित मिति : असार ६, २०८२
बीपी प्रतिष्ठानमा सेवा विस्तार : घरमै क्यान्सर उपचार, मोबाइलबाटै ओपीडी टिकट काट्न मिल्ने

बीपी प्रतिष्ठानमा सेवा विस्तार : घरमै क्यान्सर उपचार, मोबाइलबाटै ओपीडी टिकट काट्न मिल्ने

प्रकाशित मिति : असार ६, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहर, २ वर्ष ६ महिना कैद सजाय पाएका इटहरीका राई पक्राउ

रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहर, २ वर्ष ६ महिना कैद सजाय पाएका इटहरीका राई पक्राउ

प्रकाशित मिति : असार ६, २०८२
इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुँदै

इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुँदै

प्रकाशित मिति : असार ६, २०८२
“सुरक्षित यात्रा हामी सबैको चाहना” भन्ने सन्देशसहित कोशी प्रदेशमा ट्राफिक सप्ताह

“सुरक्षित यात्रा हामी सबैको चाहना” भन्ने सन्देशसहित कोशी प्रदेशमा ट्राफिक सप्ताह

प्रकाशित मिति : असार ६, २०८२
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

तीन जना सवार मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना, झापामा एकको ज्यान गयो

प्रकाशित मिति : असार ६, २०८२



लाेकप्रिय

  • एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    3899 shares
    Share 1560 Tweet 975
  • सुनसरीमा तीनजना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    1098 shares
    Share 439 Tweet 275
  • सङ्खुवासभामा शंकास्पद मृत्यु: आमा र ७२ दिने शिशुको एकै साथ अन्त्य

    1010 shares
    Share 404 Tweet 253
  • धरानमा ८२ किलोग्राम गाँजासहित एक युवक पक्राउ

    895 shares
    Share 358 Tweet 224
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    748 shares
    Share 299 Tweet 187
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana