Saturday, August 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

वीपी प्रतिष्ठानसँग चन्दा मागेपछि मेयरको तीब्र आलोचना, मेयर भन्छन्, आग्रह मात्र गरिएको हो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २४, २०७६
in टाकुरा विशेष, समाचार
0
वीपी प्रतिष्ठानसँग चन्दा मागेपछि मेयरको तीब्र आलोचना, मेयर भन्छन्, आग्रह मात्र गरिएको हो
355
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा पदाधिकारी, डाक्टर र कर्मचारीहरुको तलब जम्मा गर्न आग्रह गरेको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पठाएको पत्र बाहिरिएपछि अहिले तीब्र आलोचना भएको छ ।
सोमबार उक्त पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि मेयर राईको तीब्र आलोचना भएको हो । सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले यो समयमा डाक्टर तथा अस्पतलाललाई प्रोत्साहन गर्नुपर्ने समयमा उल्टै अस्पताललाई चन्दा मागेको पत्र बाहिरिएपछि तीब्र आलोचना भएको हो ।
मेयर तिलक राईले हस्ताक्षर गरेको उक्त पत्र चैत २३ गते प्रतिष्ठानका उपकुलपतिलाई लेखेको पत्रमा पदाधिकारीको १५ दिनको पारिश्रमिक जम्मा गर्न भनिएको छ भने डाक्टर लगायत अन्य कर्मचारीहरुको १० दिनको पारिश्रमिक राहत कोषमा उपलब्ध गराउन माग गरिएको छ । पत्रको बोधार्थ फ्याकल्टी अफ मेडिसिन, कलेज अफ डेन्टल सर्जरी, कलेज अफ नर्सिङ, स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी र कर्मचारी कल्याण मञ्चलाई दिइएको छ । बिपद्को समयमा ज्यानको जोखिम राखेर खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुको साटो चन्दा माग्नु सरासर गलत रहेको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बताएका छन् ।
कांग्रेसबाट उपनिर्वाचनमा मेयर पदमा बिजयी भएका मेयर राईले गलत गरेको कांग्रेसकै नेताहरुको ठम्याई रहेको छ । धरान कांग्रेसका युवा नेता विकास आचार्यले फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन्, ‘फ्रन्टलाईनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सुविधा र प्रोत्साहन भत्ता थपिदिनुपर्ने, बीमा गरिदिनुपर्ने हो । अझ प्रदेश नम्बर १ कै कोरोना संक्रमण परीक्षण गर्ने अस्पताल जस्तो जोखिमपूर्ण स्थानमा काम गर्नेलाई हौसला दिनुको सट्टा पदीय हैसियत तोकेर यतिउती दिनको तलब कट्टा गरेर हामीलाई दे भन्नु नितान्त गलत हो, कसैले स्वेच्छाले दिन्छ भने बेग्लै हो । मेयरलाई यो गलत सल्लाह कसले दिएछ ?’ उता, प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनालले सहयोग माग्न पाउँने अधिकार रहेको बताए । ‘सहयोगको कुरा आउँनु स्वभाविक हो, तर दिने नदिने हाम्रो अधिकारभित्रको कुरा हो,’ उनले भने ।


उता, मेयर राईले भने आँफूहरुले चन्दा नमागेको स्पष्टीकरण दिए । ‘अहिले विश्व महामारीको अवस्थामा रहेका बेला विपन्न परिवारलाई हामीले राहत वितरण गरिराखेका छौँ,’ राईले टेलिफोन सम्पर्कमा टाकुरासँग भने, ‘यसमा सबैजना सहभागी होस्, हामी सहयोग गर्थे भन्ने हुँन सक्छ, त्यसैले आग्रह गरिएको हो ।’ उनले अनिवार्य नभएर आग्रह मात्र गरिएको बताउँदै आँफूहरुको असल नियत रहेको बताए । हामी यो बिषयमा भोलि पत्रकार सम्मेलन पनि गर्नेछौँ, उनले भने, ‘डाक्टरहरु ज्यानको बाजी लगाएर खट्नु भएको छ, त्यो हामीले बुझेका छौँ र उहाँहरुको साथमा पनि छौँ, सहयोग पनि गरेका छौँ, तर कसैको सहयोग गर्ने इच्छा छ भने सहयोग गर्न सक्नुहुन्छ भन्ने कुरा हो ।’
उक्त पत्रले कसैलाई असर परेमा आँफू पुर्नविचार गर्न तयार रहेको मेयर राईले बताए ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित
FEATURE BREAKING

सुरक्षा जोखिमका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा स्थगित

by टाकुरा न्यूज । इटहरी
साउन १५, २०८३
0

धरान : सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै धरानस्थित श्री पिण्डेश्वर बाबाधाम समितिले यस वर्षको बोलबम...

मोरङमा एक टनभन्दा बढी गाँजा बरामद
FEATURE BREAKING

मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

by टाकुरा न्यूज । इटहरी
साउन १५, २०८३
0

विराटनगर : मोरङ प्रहरीले एक टनभन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ। रतुवामाई नगरपालिका–१० सोमबारेस्थित उर्लाबारी–आमबारी सडकखण्डमा चेकजाँचका क्रममा मिनी...

सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

साउन १५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा तीव्र गतिका कारण मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

साउन १५, २०८३
देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

सुनसरी घटना : मृतक परिवार र सरकारबीच सात बुँदे सहमति, शहीद घोषणा र १० लाख दिइने, आज अन्त्यष्टि

साउन १५, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

साउन १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित

सुरक्षा जोखिमका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा स्थगित

साउन १५, २०८३
मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

साउन १५, २०८३
सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

साउन १५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा तीव्र गतिका कारण मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

साउन १५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.