Friday, June 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

तरहराका सईको दादागिरी (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ५, २०७७
in टाकुरा विशेष, भिडियाे स्टाेरी, समाचार
0
तरहराका सईको दादागिरी (भिडियोसहित)
2.8k
SHARES
Share on FacebookShare on Twitter

तरहरा : तरहरा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक चन्द्र शाक्यले स्थानीय व्यापारीहरुलाई जथाभावी दुःख दिएको व्यापारीहरुले आरोप लगाएका छन् ।

इटहरी २ बरगाछीका बिनोद ढकाललाई केही दिन अगाडि प्रहरीले जबरजस्ती पक्राउ गरी जंगल–जंगल घुमाएको बताए । आँफूले खसीको मासु काट्ने क्रममा जबरजस्ती प्रहरीले पक्राउ गरी आफूँले लगाएको टिसर्ट पनि च्यातिदिएको र आँफूहरुलाई त्रसितमा राखेको बताए ।

उनले टाकुरान्यूजसँग भने, ‘मलाई खाना खादैँ गर्दा नै प्रहरीले पक्राउ गरी जबरजस्ती रुपमा प्रहरीले पक्राउ गरी जंगल–जंगल घुमायो ।’ प्रहरीले सुरक्षा दिनुपर्ने भएपनि जथाभावी रुपमा पक्राउ गरी दुःख दिएको उनको भनाई थियो ।

ढकाल एक पात्र मात्र हुन् । तरहरा प्रहरीका सई चन्द्र शाक्यले पटक–पटक सब्जी व्यापारीदेखि सर्वसाधारणलाई यसअघि देखि नै त्रास देखाउँदै आएको व्यापारीदेखि सर्वसाधारणहरु गुनासो गर्छन् ।

स्थानीय प्रेम कार्कीले जनतालाई हप्काउने गरेको आरोप लगाए । ‘हामीले बाँच्ने अधिकार छ, प्रशासनले जनतालाई सम्झाउनु, बुझाउनुपर्ने भएपनि प्रहरी प्रशासनले जथाभावी दुःख दिईरहेको छ,’ उनले भने, ‘त्यो दिनको धम्कीले हामी त्रसित छौँ, प्रहरीले सुरक्षा दिनुपर्ने हो कि त्रास ?’

स्थानीय दीपेन्द्र घिमिरेले भने तरहरा प्रहरीले यसअघि देखि नै स्थानीयलाई दुःख दिईरहेको बताए । सामान्य विवादमै प्रहरीले धम्की दिने जस्ता कुराले साना व्यापारीलाई मार्ने नीति देखिएको उनको भनाई थियो । ‘ठूला व्यापारीहरुलाई भने छुट छ,’ उनले भने, ‘यसमा प्रहरी प्रशासनको ज्यादती देखिन्छ, यसमा समानता हुन आवश्यक रहेको छ ।’

उता, उद्योग बाणिज्य संघ तरहरा शाखाका अध्यक्ष सुदर्शन खड्काले भने व्यवसायीहरुमा परेको असरप्रति भत्र्सना गरिने बताए । उनले भने, ‘प्रशासनले सबैलाई सम्झाएर काम गर्नुपर्छ भन्ने हाम्रो धारणा हो, सरकारले लकडाउन गरेर मात्र कोरोना भाइरस हट्ने हैन, हामीले सटर झारेर कतिदिनसम्म बस्ने ?’

उनले अहिले बैँकले दुःख दिईरहेको बताए । बैँकले तारन्तार ब्याज माग्नका लागि व्यवसायीहरुलाई दुःख दिएको उनको भनाई रहेको थियो ।

यता, इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले भने सरकारको नीति स्थानीयले मान्नुपर्ने बताए । ‘हामीले चाहेर पनि व्यवसायको हितमा काम गर्न सकिरहेका छैनौँ,’ उनले भने, ‘परिस्थिति अनुसार चल्नुपर्ने हुन्छ, बिस्तारै सहज बन्दै जान्छ भन्ने आशा गरौँ ।’

उनले प्रहरी प्रशासनले व्यापारीहरुलाई जथाभावी दुःख दिएको बिषयमा भने आँफूलाई जानकारी नभएको र यस बिषयमा आँफू गम्भीर हुने प्रतिक्रिया दिए ।

तरहरा प्रहरीले दुई दिन अगाडि इटहरी २ का बिनोद ढकाल र इटहरी २० का गोपाल चौहानलाई मनपरी ढंगले पक्राउ गरेको थियो । उक्त बिषयमा शुक्रबार स्थानीय व्यापारी, वडा र प्रहरी प्रशासनसँग बैठक समेत बसिएको छ । स्थानीय व्यापारीहरुले सबैलाई एउटै नीति लागू हुनुपर्ने बताएका थिए ।

उनीहरुले कसैलाई तल र कसैलाई माथि पारिएको आरोप लगाए ।

यस बिषयमा प्रहरी नायव निरीक्षक शाक्यलाई टेलिफोन गरी बुझ्दा उनले झुटो प्रचार गरिएको भन्दै आफ्नो बचाउ गरे । उनले भने, ‘मान्छेहरुले होटल सञ्चालन गर्न नपाएपछि रुष्ट छन्, पक्राउ भन्दा पनि पसल बन्द गर्नुहोस् भनेका हौँ ।’ उनले एक डेढ घण्टा नियन्त्रणमा लिएर सम्झाएर छाडिएको बताए ।

‘माथिबाट होटल रेष्टुरेन्ट खोल्न निर्देशन, अनुमति छैन,’ उनले भने, ‘व्यापारीहरु पसल खोल्न नदिएपछि हामीसँग खुशी होलान् त ?’

हेर्नुहोस् भिडियो

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

विराटनगर : आर्थिक वर्षको अन्त्यसँगै सरकारी कार्यालयमा देखिने ‘असारे खर्च’ संस्कृतिविरुद्ध कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालयलाई लक्षित गर्दै हेलो सीएममा...

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित
FEATURE BREAKING

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनअघि नै तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन...

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३
झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

असार ११, २०८३
दैनिक ६ देखि ७ वटा बलात्कारका घटना, आधाजसो घटना गुपचुप, गृहमन्त्रीको जवाफ: चिन्ताजनक होइन

छोरीमाथि जबरजस्ती करणी र नवजात शिशु हत्या प्रकरणका प्रतिवादी पक्राउ

असार ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३
झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    377 shares
    Share 151 Tweet 94
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.