बिहे भएको ६ महिनामा श्रीमान गुमाएकी एक महिलाको श्रीमान बितेको ६ महिनामा हत्या गरिएको छ ।
मकवानपुरको हेटौँडामा एक महिलाको हत्या गरिएको हो ।
हत्याको आशंकामा मृतककी ससुरा प्रकाश थापा र नन्द सीता थापालाई प्रहरीले पक्राउ गरेको छ ।
गत मंगलबार बिहान हेटौंडा उपमहानगरपालिका ४ सूर्य चोककी २२ वर्षीया सुस्मिता थापा आफ्नै घरमा मृत भेटिएकी थिइन्।
घरको भान्सा कोठामा टाउकोमा चोट लागेको अवस्थामा सुस्मिताको शब फेला परेको थियो ।
टाउकोको पछाडिको भागमा ढुङ्गाले थिचिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतकका श्रीमान यसअघि सवारी दुर्घटनामा बितिसकेका थिए ।
बिहे भएको एक बर्ष पनि सँगै बस्न नपाएकी सुस्मिताको हत्या आशंकामा ससुरा र नन्दलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।















Discussion about this post