Saturday, November 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ८, २०८०
in टाकुरा विशेष, समाचार
0
जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो
202
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयको जग्गा ‘लिज’मा लिएर भाडा नतिरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोसी प्रदेशका महामन्त्री लालविक्रम थापालाई जिम्मेवारीबाट हटाइएको छ ।

इटहरी उपमहानगरपालिका वडा नं. ९ मा करिब २ कट्ठा जग्गा भाडामा लिनेक्रममा थापाले सनमुन प्लाजाको नाममा विद्यालयसँग सम्झौता गरेका थिए ।

प्लाजा र विद्यालयबीच भएको सम्झौताअनुसारको भाडा हालसम्म नबुझाएको तथ्य बाहिरिएपछि थापालाई जिम्मेवारीबाट हटाइएको रास्वपा कोसी प्रदेश प्रवक्ता, कमलबाबु मैनालीले जानकारी दिए ।

‘तत्कालको लागि छानबिनका लागि उहाँलाई जिम्मेवारीबाट हटाइएको हो,’ मैनालीले भने, ‘छानबिन सकिएपछि के निष्कर्ष आउँछ, सोहीअनुसार निर्णय सार्वजनिक गर्नेछौँ ।’

आफूहरूले यसअघि विद्यालयसँग जानकारीका लिदाँ विद्यालयले पाँच वर्षको भाडा असुल गर्न बाँकी रहेको लिखित पत्र काटेसँगै थापालाई स्पष्टीकरण सोधिएको थियो । तर, थापाले चित्तबुझ्दो जवाफ नपठाएको र सामाजिक सञ्जालमा लाइभ बसेर जथाभावी आरोप, प्रत्यारोप गरेकाले तत्काललाई जिम्मेवारीबाट हटाइएको मैनालीले बताए ।

‘उहाँले सामाजिक सञ्जालमा लाइभ बसेर स्कुल र पालिकालाई पनि दोषी देखाउनुभएको छ । हामीलाई पार्टी केन्द्रीय अनुशासन आयोगबाटै पत्र आएकाले जिम्मेवारीबाट हटाएका हौँ,’ उनले भने ।

थापाबाट रास्वपाको प्रतिनिधिस्वरूप गरिएका पार्टीसँग सम्बन्धित कुनै पनि कार्यहरूलाई आधिकारिकता प्रदान नगरिने उनले बताए ।

‘सकेसम्म आफैँ यो मुद्दालाई किनारा लगाउन सुझाव गर्दागर्दै संवाद प्रक्रिया नै बन्द गरी कोसी प्रदेशको सामाजिक सञ्जाल प्रयोग निर्देशिका २०८० को भावना र मर्म विपरीत फेसबुक लाईभ गरी अनर्गल प्रस्तुति दिनुभएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण हुन गएको र पार्टीको एक जिम्मेवार व्यक्तिबाट पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको ठहर गरिएको छ,’ मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय अनुशासन विभाग को प. स. ०८०।८१ च. न. ८० मिति २०८०।११।०७ को पत्रअनुसार कोसी प्रदेश समितिको महामन्त्री तथा सदस्य पदबाट अर्को निर्णय नआउन्जेलसम्मका लागि निलम्बन गरिएको जानकारी गराउदछौँ ।’

Tags: कमलबाबु मैनालीनिलम्बनराष्ट्रिय स्वतन्त्र पार्टीलालविक्रम थापा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा
FEATURE BREAKING

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

by अर्जुन उप्रेती
कार्तिक २८, २०८३
0

नेपालको पश्चिमी हिमालयमा अवस्थित धौलागिरि हिमाल संसारको सातौँ अग्लो हिमाल मात्र होइन, यो विश्व पर्वतारोहण इतिहासको एउटा चुनौतीपूर्ण अध्याय पनि...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
पर्यावरण

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

by रासस
कार्तिक २७, २०८३
0

भद्रपुर (झापा) : भारतबाट तीन दिनअघि नेपाल प्रवेश गरेको हात्तीको बथान बाहुनडाँगी हुँदै बुद्धशान्ति क्षेत्रसम्म आइपुगेपछि स्थानीयमा बालीनालीसँगै मानवीय सुरक्षाको...

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

कार्तिक २७, २०८३
मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

कार्तिक २७, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

रुखबाट लडेर एक पुरुषको मृत्यु

कार्तिक २७, २०८३
विराटनगरमा संस्थागत विद्यालयको शुल्क नबढाउने महानगरको निर्णय

विराटनगरमा कित्ताकाट खुल्यो, एक महिनाभित्र भू–सेवा पनि

कार्तिक २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

कार्तिक २८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

कार्तिक २७, २०८३
पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

कार्तिक २७, २०८३
मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

कार्तिक २७, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1087 shares
    Share 435 Tweet 272
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    515 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    384 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    337 shares
    Share 135 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.