जिल्ला प्रशासन कार्यालय सुनसरीले ३२ गतेसम्म जिल्लाका सबै क्षेत्र निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।
यसअघि प्रशासनले २६ गते रातीसम्म मात्रै जिल्लाभरी निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन बृद्धि हुँदै गएकाले यसअघिको निर्णयलाई पुनरावलोकन गरी ३२ गते राती १२ बजेसम्म् निषेधाज्ञा गर्ने निर्णय भएको हो ।
बजार पसल खोल्ने हकमा भने स्थानीय तहलाई अधिकार भएको उनले बताए ।

निषेधाज्ञाको मिति सम्म अत्यावश्यक बाहेकका अन्य सबै सवारी साधन पनि पूर्णरुपमा बन्द गरिने उनले बताए ।
उक्त निर्णयको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने बताईएको छ ।
यो पनि – इटहरीको लकडाउन आजबाट सकियो, बजारक्षेत्र भोलि नखुल्ने















Discussion about this post