कोरोना संक्रमणले महामारीको रुप लिईरहेको बेला संक्रमित नागरिकलाई समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार अझै पनि नकारात्मक हुँदा कोरोना संक्रमितको संख्या सार्वजनिक भएपनि परिचय गोप्य राखिदैँ आएको छ ।
तर, इटहरी २० तरहराका एकजना संक्रमितले भने सामाजिक सञ्जालमार्फत आँफूलाई कोरोना संक्रमण भएको र अरुलाई पनि सचेत रहन अपिल गरेका छन् ।
नेपाली कांग्रेस सुनसरीका जिल्ला सह–सचिव, तरहरा बचतका अध्यक्ष तथा यहाँका सामाजिक अभियन्ता नगेशचन्द्र राईले आँफू संक्रमित भएको र अरुलाई पनि सचेत रहन अपिल गरेका हुन् ।
राई आफू संक्रमित भएपश्चात हिम्मत र साहसका साथ संक्रमित भएको स्पष्ट पार्दै लेखेका छन्, आज संसारमा लाखौँ–लाख मानव जातिहरुको ज्यान लिइरहने कोभिड १९ सँग अहिले म पनि लडाइँ गरिरहदा म प्रती स्वास्थलाभको कामना र सहानुभूती प्रकट गर्नु हुने सम्पुर्ण मानुभावहरुलाई के भन्न चाहन्छु भने यो रोगलाई म चाडैं पराजित गर्ने आश्वस्त पार्न चाहान्छु ।

उनले आँफू चाँडै नै रोगलाई जित्ने अठोट लिएका छन् ।
अहिले कोरोना संक्रमितको उपचार गर्न अस्पतालमा वेड तथा आईशोलेसनको अभाव भएको अवस्थामा संक्रमितहरु होम आईसोलेसनमै बसेर उपचार गर्न बाध्य छन् ।















Discussion about this post