मोरङमा ६२ र सुनसरीमा २२ जना सहित प्रदेश १ मा आज शुक्रबार ९५ जना नयाँ संक्रमित थपिएका छन् ।
मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरका १३ महिला र २० पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, रंगेलीमा ९ महिला र १९ पुरुष, सुन्दरहरैँचाका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै, सुनसरीको दुहवीका २ महिला र ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला र १ पुरुष, देवान्जञ्जका १ पुरुष र रामधुनीका १ महिलामा कोरोना पुष्टि भएको छ ।
यस्तै, झापाको दमकका २ महिला र ४ पुरुष, भद्रपुरका २ पुरुष, शिवसताक्षीका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ बाहिरका सिरहा र धनुषाका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ ।















Discussion about this post