Friday, June 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

तातो चिजले पोलेको अवस्थामा यसरी गर्न सकिन्छ प्राथमिक उपचार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०७७
in टाकुरा विशेष
0
तातो चिजले पोलेको अवस्थामा यसरी गर्न सकिन्छ प्राथमिक उपचार
544
SHARES
Share on FacebookShare on Twitter

हामी मनुष्य जाति भन्नको लागि सर्वश्रेष्ठ र बुद्धिमानी प्राणीमा गनिन्छौं जसको कारण यस संसारलाई हाँक्दैछौं । तर, वर्तमान परिस्थितीलाई हेर्ने हो भने अरु प्राणी र मनुष्य जातिमा धेरै फरक पाउन छोडिसक्यौं ।

अरुको हितको लागि उभिने हामी हिजो आज नितान्त आफ्नै स्वार्थको लागि र भविष्यमा आउन सक्ने समस्याको पहिले नै समाधान खोज्नेतिर लागिसकेका छौं । हाम्रो प्रविधि हिजो आज समस्या नबल्झेसम्म वास्ता पनि नगर्ने परिपाटीमा पुगिसक्यौं ।

सबै कुराको ज्ञान आर्जन गर्न सक्ने समय र सीप भएतापनि हामी अरुको समस्या हेरेर सिक्नुपर्ने अवस्थामा आपैmलाई त्यस्तै समस्या नपरुन्जेलसम्म वास्ता नगर्ने बरु उल्टै अरुको कुरा काट्ने तथा खिल्ली उडाउने काममा हामी व्यस्त हुँदै आएका छौं ।

यस्तै परिपाटी बोकेर यदि हामी अगाडि बढ्दै जाने हो भने कतै कुनै समयको शक्तिशाली प्राणी डाइनोसोरसजस्तै पतन हुने बाटोमा त हामी छैनौ भन्ने प्रश्न हाम्रो सामु खडा भएको छ ।

मानिस बाँचुन्जेल धेरै समस्यालाई नजिकैबाट नियाल्छौं भने कति आपैm भोग्छौं । त्यहीबाट सिकेको र जानेको पाठलाई हामी आफ्ना सन्ततीलाई हस्तान्तरण गर्छौ । किनभने भविष्यमा त्यही गल्ती नदोहो¥याउन र त्यस्ता समस्यालाई सजिलैसँग हल गर्न सकुन । तर, हिजो आज हामी त्यस्ता कुरा अनुशरण गर्न विस्तारै भुल्दैछौं र आफ्नै अह्ममा विस्तारै हराउँदैछौं ।

सायद यहि कारण पनि हुनसक्छ हिजोआज बढ्दै गइरहेको रोग समस्याहरु जुन सामान्य अवस्थामा हुँदै नै पत्ता लागेर निदान हुन सक्ने पनि बल्झेको अवस्थामा बल्ल समस्याको समाधान खोज्न आउने परिपाटीको विकास भएको छ ।
शायद विरलै भेटिन्छ होला जसले आफ्नो जीवनकालमा कुनै न कुनै तरिकाले आफैँलाई वा अरुलाई आगो वा तातो चिजले पोलेको अनुभव गरेको वा देखेको सुनेको ।

तर, पनि यसबाट बच्न वा पोलिहालेको खण्डमा साधारणतयाः अपनाउनुपर्ने सामान्य प्राथमिक उपचारको बारेमा ज्ञान धेरैजसोलाई पक्कै छैन । या त हामी सदियौंदेखि अपनाउँदै आएको पूरानो उपचार तरिका वा नजिकैको अस्पतालमा उपचारको लागि दौडिने जीवनशैलीमा नै व्यस्त छौं ।

सानो तिनो जलनको घटना त हामी आफैँ जान्ने बुझ्ने जस्तै गरी घरायसी नुश्काले पनि ठिक पा¥यौं भन्दै दंग पर्छौ । तर, बुझ्नुपर्ने यो छ कि गलत तरिका अपनाएर निको भएको घाउ र सही तरिका अपनाएकोमा पक्कै पनि फरक हुन्छ । सामान्यतयाः तातो चिज जस्तै आगो, तातो झोल पदार्थ वा वस्तुले शरीरको कुनै पनि भागलाई छोएको छ भने त्यसले उक्त भागमा नकारात्मक असर त पक्कै गरेको हुन्छ ।

तर, उक्त तातो चिजको तापक्रम तथा शरीरसँग कति क्षणसम्म स्पर्श भयो त्यस कुराले कति नकारात्मक असर गर्छ भन्ने निर्धारण गर्छ । फलस्वरुप जति धेरै तातो र जति लामो समयसम्म छोएर बस्यो त्यति गहिरो र बढी जलन गराउँदछ । सानोतिनो घाउ उपचार नगर्दा पनि शरीरको आत्मरक्षक बलले निको पार्न सक्छ । तसर्थ आफैँले गरेको तरिकाले निको भयो भन्ने भ्रम धेरैको मनमा बसेको हुन्छ ।

त्यही तरिका अरुलाई अपनाउन जोड दिने हाम्रो बानी हुन्छ ।

आजको लेखमा सामान्यतया तातो चिजले पोल्ने वित्तिकै अपाउनुपर्ने प्राथमिक उपचार वारे केही ज्ञान दिने कोशिस गर्नेछु ।

१) तातो चिजले पोल्ने वित्तिकै के गर्ने ?

उक्त चिजसँग शरीरलाई अलग्याउने तथा उक्त भागमा भएको लत्ता कपडाहरु तुरुन्तै निकाल्ने र यदि गरगहना छन् भने खोली हाल्ने गर्नु पर्दछ ।
यदि आगोले पोलेको छ भने लागेको आगो निभाउने प्रयास गर्ने बाक्लो कम्वलले छोपेर वा भुँईमा लडीबुडी गरेर त्यस पश्चात् पोलेको भागमा आधा घण्टासम्म सामान्य धाराको, बाल्टिनम थापिरहेको वा इनारको पानी हालेको हालेकै गर्ने ।

२) यसो गर्दा के हुन्छ ?

पानीले शरीरमा भएको तापलाई शोशेर लिन्छ र जल्दै गरेको प्रक्रियालाई न्युन गर्न मद्दत गर्दछ ।

३) जलेको कति समयसम्म यो कार्य गर्न सकिन्छ ?

जलेको ३ घण्टाभित्र यो कार्य गर्न सकिन्छ ।

४) पानी हाल्दा जलेको भागमा झन फोकाहरु निस्कन्छन् जुन हेर्दा पनि डरलाग्दा हुन्छ । त्यसैले बुढापाकाहरुले नगर्न चेतावनी नै दिने गर्दछ । यस्तो अवस्थामा उहाँहरुको कुरा कसरी नमान्ने अनि के तर्क दिएर यो विधि अपनाउने ?

एक्काइसौ शताव्दीदेखि चलि आएको उपचार विधि हेर्दा निकै प्रभावकारी देखिएतापनि वैज्ञानिक तवरले हेर्ने हो भने प्रर्णरुपमा गलत छन् । जलेको भागको तापक्रम उच्च रहने अवस्थामा कुनै पनि चिज जस्तैः टुथपेस्ट, टमाटर घिउकुमारी, गोवर वा माटो नै लगाउँदा पनि उक्त चिजले केही मात्रामा उक्त तापक्रम सोस्ने भएको कारण अलिकति शितलता प्रदान गर्ने कारण यो विधि अभैm पनि अपनाउँदै आइरहेको छन् तर जसरी उसिनेको अण्डालाई चिसो पार्न चिसो पानीमा राख्दा उक्त पानी तातिदै आउँछ र पानी नफेरेको खण्डमा उक्त तापक्रम रहिरहन्छ ।

त्यसरी नै लगाइएको लेपहरु पनि तातो भएर उक्त ताप उल्टै शरीरमा नै फर्काउने भएको कारण अझ बढी समयसम्म पोल्न मद्दत हुने कुरा पुष्टी भइसकेको छ । यसले गर्दा सामान्य जलन पनि गहिरोमा परिणत हुने र गहिरो जलनमा फोकाहरु नउठ्ने तथा दुखाई नहुने कारण मानिसहरुमा यो विधि सही छ भन्ने भ्रम परिरहेको छ ।

यदि माथि माथि मात्र जलेको अवसथा छ भने उक्त भाग शरीरको गहिरो भागसँग सजिलै छुट्याउन सक्ने भएको कारण पानीका फोकाहरु उत्पन्न हुन जान्छ जसको अर्थ उक्त जलन गहिरो भएको छैन भन्ने जानकारी दिन्छ तसर्थ निकै ठूलो फोकाहरु बाहेक साना मझौला खालका फोकाहरु आउनु भएको राम्रो कुराको रुपमा लिन सकिन्छ किनकी माथि माथि जलेको भागलाई सामान्य औषधि उपचार र सरसफाई अपनाएर निको पार्न सकिन्छ भने गहिरो जलेको भागलाई शल्यक्रिया नै गर्नुपर्ने अवस्था आउँदछ ।

५) जाडो मौसममा लुगाहरु खोल्दा त जाडोले कठाङ्ग्रिएर धेरै गाह्रो हुन्छ । यस्तो अवस्थामा कसरी लुगा खोल्न लगाउने ?

लुगा खोल्नुको अर्थ पुरै शरीरलाई नांगो राख्ने भन्न खोजिएको होइन । जलेको कपडालाई निकालेपछि पोलेको भागभन्दा अरु भागलाई नजलेको कपडा वा न्यानो कपडाले बेर्ने अनि त्यसपश्चात मात्र पानी हाल्न सुरु गर्ने ।

६) सामान्य पानी भन्दा त बरफ वा फ्रिजमा राखेको चिसो पानी प्रयोग गर्दा अझ चाँडै तापक्रम घटाउँदा मद्दत गर्छ होला । त्यसैले कसको प्रयोग गर्दा कस्तो होला ?

फ्रिजमा राखिएको चिसो पानी वा बरफको प्रयोग गर्दा सोचेको जस्तै जलेको भागको तापक्रम घटाउन मद्दत त पक्कै पनि गर्दछ तर फाइदा भन्दा बढी बेफाइदा निम्त्याउने कारण यसको प्रयोग नगर्नु नै बुद्धिमान देखिन्छ । निकै चिसो चिजले शरीरमा स्पर्श हुने वित्तिकै छालामा भएका रगतका नलीहरु खुम्चिने गर्दछ र यसकारण पहिले नै जलेर गाह्रो भएको उक्त जलेको भागमा अझ रक्तसंचारमा कमी भयो भने बचाउन सक्ने छाला तथा मासुहरु मर्दै जाने कारण यसको प्रयोग नगर्न नै अनुरोध गरिरहेको हो ।

७) चिसो हाले पश्चात् के गर्ने ?

त्यस पश्चात विरामीलाई न्यानो राख्न जलेको भागलाई पनि छुट्टै बाँधेर वा कपडाले बाँधेर नजिकैको अस्पतालम लैजानुपर्दछ । अस्पतालमा पुगिसकेपश्चात गहिराई मापन गरेर त्यस अनुसार के गर्दा उचित हुन्छ सो को बारेमा चिकित्सकले तपाईंलाई परामर्श दिनुपर्छ ।

८) अरु गर्नुपर्ने र थाहा पाउनुपर्ने कुनै कुरा छन् ?

उपचार पश्चात पनि घाउँ निको भएतापनि अपनाउनुपर्ने कुराहरु भनेको उक्त जलेको भाग सुख्खा हुने कारण धेरै चिलाउँछ तसर्थ उक्त भागलाई नरम राख्न नरिवलको तेल वा क्रिमहरुको प्रयोग गर्ने । जलेको घाउको दाग खुम्चिदै जाने भएकोले जोर्नीहरु चलाउन गाह्रो हुँदै जाने भएकाले उक्त जोर्नीहरु तन्काउने अभ्यास नियमित रुपले गर्दै गरिराख्नुपर्ने । कुनै समस्या जस्तो लागेमा नजिकै वा उपचार गरेको ठाउँमा परामर्श लिन ढिला शुस्ती नगर्ने ।

(प्लाष्टिक सर्जन डाक्टर डा.निरन महर्जन बीर अस्पतालमा कार्यरत छन्।)

 

Tags: #स्वास्थ्य टिप्स
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

विराटनगर : आर्थिक वर्षको अन्त्यसँगै सरकारी कार्यालयमा देखिने ‘असारे खर्च’ संस्कृतिविरुद्ध कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालयलाई लक्षित गर्दै हेलो सीएममा...

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन
टाकुरा विशेष

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

by टाकुरा न्यूज । इटहरी
असार ८, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–३ त्रिवेणी चोकस्थित बस्तीभित्र स्थानीयको विरोधका बाबजुद बालुवा प्रशोधन केन्द्र स्थापना प्रक्रिया अघि बढाइएको पाइएको छ ।...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

जेष्ठ २४, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३
जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३
झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    380 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.