Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

हामी नवौँ वर्षमा [प्रकाशकीय]

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
in FEATURE BREAKING, टाकुरा विशेष, समाचार
0
हामी नवौँ वर्षमा [प्रकाशकीय]
49
SHARES
Share on FacebookShare on Twitter

सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको उद्देश्यसहित ‘टाकुरा साप्ताहिक’का रूपमा सुरु भएको हाम्रो यात्रा आज नवौँ वर्षमा प्रवेश गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, सुनसरीमा विधिवत् दर्ता भएर २०७४ असोज १ गतेदेखि साप्ताहिक रूपमा प्रकाशन प्रारम्भ भएको टाकुरा न्यूजले समय, प्रविधि र परिस्थितिसँगै आफ्नो स्वरूप परिवर्तन गर्दै अहिले डिजिटल पत्रकारिताको माध्यमबाट नेपाली समाजमा सूचनाको अधिकार सुनिश्चित गराउने संवाहकको रुपमा सूचना, विश्लेषण, टिप्पणी र स्वस्थ्य आलोचनात्मक सामग्री पस्किरहेको छ ।

आठ वर्षको यो यात्रा हाम्रा लागि निरन्तर सिकाइ, संघर्ष, परिवर्तन, चुनौती र विश्वासको यात्राका रूपमा रहेको छ । यस अवधिमा नेपाली समाज, राजनीति, अर्थतन्त्र, प्रविधि र सञ्चार क्षेत्रमा धेरै परिवर्तन भएका छन् । ती परिवर्तनसँगै पत्रकारिताको स्वरूप, अभ्यास र पाठकको अपेक्षासमेत बदलिएको छ । त्यही बद्लिदो परिस्थितिलाई आत्मसात् गर्दै टाकुरा न्यूजले पनि आफूलाई समयअनुकूल परिमार्जन गर्दै अघि बढ्दे प्रयास गर्दैछ ।

टाकुरा साप्ताहिकका रूपमा सुरु हुँदा छापा पत्रकारिता हाम्रो मुख्य आधार थियो । विशेषगरी स्थानीयस्तरका समाचारलाई प्राथमिकतामा राख्नु र स्थानीय मुद्दा नै राष्ट्रिय मुद्दा हुन् भन्ने हेतुले मुद्दाको उठान गर्नु हाम्रो प्राथमिकता थियो ।

समाचार सङ्कलन, लेखन, सम्पादन, मुद्रण र वितरण हुँदै पाठकको हातसम्म पुग्ने त्यस समयको पत्रकारिताको आफ्नै लय थियो । तर प्रविधिको तीव्र विकास र पाठकको सूचना उपभोग गर्ने बानीमा आएको परिवर्तनले पत्रकारिताको परम्परागत अभ्यासलाई नयाँ दिशातर्फ डो¥यायो ।

त्यसमाथि कोभिड–१९ महामारीले सञ्चार क्षेत्रमा ठूलो असर पा¥यो । आर्थिक गतिविधि खुम्चिए, विज्ञापन बजार प्रभावित भयो र छापा माध्यमको सञ्चालन झनै कठिन बन्यो । अतः त्यसको प्रभावबाट हामी पनि अछुतो रहन सकेनौँ । परिस्थितिले छापा संस्करणलाई निरन्तरता दिन नसक्ने अवस्थामा पु¥यायो । तर पत्रकारिताको यात्रालाई रोक्नु हाम्रो विकल्प थिएन । त्यसैले डिजिटल माध्यमलाई आधार बनाउँदै यात्रालाई निरन्तरता दिने निर्णय ग¥यौँ ।

आज टाकुरा न्यूज डिजिटल प्लेटफर्ममार्फत पाठकसामु पुगेको छ । मोबाइलको स्क्रिनबाट क्षणभरमै समाचार पढिने समय आएको छ ।

सूचना प्राप्त गर्ने माध्यम बदलिएको छ, तर पत्रकारिताको मूल दायित्व बदलिएको छैन । माध्यम डिजिटल भए पनि सत्यको खोजी, तथ्यको परीक्षण, सन्तुलन, निष्पक्षता र जनउत्तरदायित्व पत्रकारिताका आधारभूत मूल्य नै हुन् भन्ने हाम्रो स्पष्ट मान्यता छ । खासगरी समाचार छिटो भन्दा पनि तथ्यपरक, सन्तुलित र विश्वसनीय रूपमा प्रकाशन गर्नका लागि हामी ब्रेकिङ न्यूजभन्दा पनि बहुस्रोतबाट पुष्टि भएपछि मात्रै सार्वजनिक गर्दै आएका छौँ ।

डिजिटल पत्रकारिताले समाचारलाई छिटो र व्यापक रूपमा पाठकसम्म पु¥याउने अवसर दिएको छ । पाठकले समाचार पढ्ने मात्र होइन, प्रतिक्रिया दिन, प्रश्न गर्न र आफ्ना अनुभव तथा सूचना साझा गर्न सक्ने अवस्था बनेको छ । यसले पत्रकारिता थप संवादमुखी र सहभागितामूलक बनेको छ ।

तथापि हाम्रा लागि अवसरसँगै चुनौती पनि उत्तिकै बढेका छन् ।

सामाजिक सञ्जालको तीव्र विस्तारसँगै सूचना र गलत सूचना एउटै गतिमा फैलिन थालेका छन् । अपुष्ट र भ्रामक सूचना, अतिरञ्जित शीर्षक र सनसनीपूर्ण प्रस्तुतिले पाठकलाई सजिलै प्रभावित गर्न सक्छन् ।

‘पहिला प्रकाशन गर्ने’ प्रतिस्पर्धामा ‘सही सूचना दिने’ मूल दायित्व ओझेलमा पर्ने जोखिम बढेको छ । हामी पनि यो चुनौतीबाट टाढा छैनौँ । तर, हामी यो प्रतिस्पर्धालाई गति र पहुँचको प्रतिस्पर्धाका रूपमा हेर्दैनौँ । हाम्रो लागि समाचारको विश्वसनीयता पहिलो प्राथमिकता हो ।

समाचार छिटो दिनु आवश्यक छ, तर त्यसअघि समाचार सही छ कि छैन भन्ने सुनिश्चित गर्नु अझ आवश्यक छ । कुनै सूचना अपुष्ट छ भने त्यसलाई पुष्टि नगरी प्रकाशन गर्नु पत्रकारिताको जिम्मेवारी पूरा गर्नु होइन । त्यसैले सम्भव भएसम्म स्रोतको विश्वसनीयता परीक्षण, तथ्यको पुनःपुष्टि र सम्बन्धित पक्षको धारणा समेटेर मात्र समाचार प्रस्तुत गर्ने अभ्यासलाई हामीले प्राथमिकतामा राख्दै आएका छौँ । यसैलाई निरन्तरता दिइनेछ ।

टाकुरा न्यूजले पत्रकारिताको सफलता कति जनाले समाचार हेरे भन्ने तथ्यले निर्धारण गर्दैन, कति जनाले त्यसलाई विश्वास गरे र त्यसबाट समाजमा कस्तो सकारात्मक प्रभाव प¥यो भन्ने कुराले पनि निर्धारण गर्छ । त्यसैले हामी क्लिक, भ्युज र सेयरको प्रतिस्पर्धाभन्दा पाठकको विश्वासलाई ठूलो मान्छौँ । पाठकलाई आकर्षित गर्ने नाममा तथ्यलाई तोडमोड गर्ने, विषयलाई अनावश्यक रूपमा उत्तेजित बनाउने वा अपुष्ट सामग्रीलाई समाचारको स्वरूप दिने अभ्यासबाट टाढा रहनु हाम्रो प्राथमिकता हुनेछ । हामी विश्वसनीयता, जिम्मेवारी र पत्रकारिता आचारसंहिताको विषयमा कोहीसँग, कुनै सम्झौता गर्नेछैनौँ ।

हामी स्थानीय पत्रकारितालाई ‘सानो पत्रकारिता’का रूपमा हेर्दैनौँ । नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषय नै लोकतन्त्रको वास्तविक परीक्षण हुन् । त्यसैले टाकुरा न्यूजले स्थानीय सवाललाई प्राथमिकतामा राख्दै राष्ट्रिय बहससँग जोड्ने प्रयासलाई आगामी दिनमा अझ विस्तार गर्नेछ ।

लोकतन्त्र बलियो हुन राज्यका निकाय पारदर्शी, उत्तरदायी र नागरिकप्रति जवाफदेही हुनुपर्छ । यसका लागि स्वतन्त्र पत्रकारिता आवश्यक हुन्छ । जुन भूमिका निर्वाह गर्न हामी कटिबद्ध छौ ।

टाकुरा न्यूज आगामी दिनमा तत्कालीन समाचारसँगै विश्लेषणात्मक, अनुसन्धानमूलक, तथ्यपरक र उपयोगी सामग्रीतर्फ पनि आफ्नो ध्यान केन्द्रित गर्ने प्रयास गर्नेछ । समाचारको गति कायम राख्दै त्यसको गहिराइ र गुणस्तर बढाउने हाम्रो प्रयास हुनेछ ।

आठ वर्ष पूरा गरेर नवौँ वर्षमा प्रवेश गर्नु हाम्रा लागि उत्सव मात्र होइन, आत्मसमीक्षाको अवसर पनि हो ।

हामीले के ग¥यौँ ? कहाँ सफल भयौँ ? कहाँ चुक्यौँ ? पाठकको अपेक्षाअनुसार कति अघि बढ्न सक्यौँ ? आगामी दिनमा अझ के गर्न आवश्यक छ ? यी प्रश्नको उत्तर खोज्दै अघि बढ्नु नै हाम्रो वार्षिकोत्सवको वास्तविक अर्थ हो ।

नवौँ वर्षमा प्रवेशसँगै हामी एउटा प्रतिबद्धता दोहो¥याउन चाहन्छौँ– समयको गति पछ्याउँदै अघि बढ्नेछौँ, तर सत्यको बाटो छाड्नेछैनौँ । प्रविधिलाई आत्मसात् गर्नेछौँ, तर पत्रकारिताको मूल्यसँग सम्झौता गर्नेछैनौँ । यस अवसरमा सबै पाठक, विज्ञापनदाता र शुभचिन्तकप्रति आभार व्यक्त गर्दछौँ ।

Tags: टाकुरा विशेषप्रकाशकीय
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा
FEATURE BREAKING

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

by टाकुरा न्यूज । इटहरी
भदौ ३१, २०८३
0

इटहरी : गाउँपालिकाले सञ्चालन गरेको सीपमूलक तालिममा प्रशिक्षकको काम दिलाउन पदको प्रभाव प्रयोग गरेको र त्यसबापतको रकम आफ्नै छोराको बैंक...

झापामा जङ्गली हात्ती मृत फेला
पर्यावरण

झापामा जङ्गली हात्ती मृत फेला

by टाकुरा न्यूज । इटहरी
भदौ ३१, २०८३
0

झापा : झापाको मेचीनगर नगरपालिका–३ तेलपानीस्थित धानबारीमा मङ्गलबार बिहान एउटा जङ्गली हात्ती मृत फेला परेको छ । डिभिजन वन कार्यालयका...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

ओखलढुङ्गा : भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

भदौ ३१, २०८३
उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

भदौ ३१, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

भदौ ३०, २०८३
‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भदौ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हामी नवौँ वर्षमा [प्रकाशकीय]

हामी नवौँ वर्षमा [प्रकाशकीय]

अशोज १, २०८३
सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

भदौ ३१, २०८३
झापामा जङ्गली हात्ती मृत फेला

झापामा जङ्गली हात्ती मृत फेला

भदौ ३१, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

ओखलढुङ्गा : भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

भदौ ३१, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    954 shares
    Share 382 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    757 shares
    Share 303 Tweet 189
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    353 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    273 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.