Wednesday, July 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्

कर्मचारी र जनप्रतिनिधि बीचको द्वन्द्ध र कमिसनमा हुने भागबण्डाको विवादले इटहरीमा समस्या चुलिदैँ

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
कार्तिक ३, २०७७
in टाकुरा विशेष, समाचार
0
भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्
230
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाले कर्मचारी आवश्यकताका लागि भनेर एक बर्ष अगाडि नै विज्ञापन प्रकाशित गरेपनि भागबन्डा नमिल्दा अहिलेसम्म पनि कर्मचारी नियुक्ति भएका छैनन् ।

आफ्ना मान्छे नपर्ने र भागबण्डा नमिलेका कारण सूचना प्रकाशित भएको एक बर्षसम्म कर्मचारी नियुक्ति नभएका हुन् ।

उपमहानगरपालिका कार्यालयले १ असोज २०७६ मा एक पत्रिकामा सूचना प्रकाशित गर्दै करारमा कर्मचारी आवश्यकता भएको र थप गर्नका लागि अन्तर्वार्तामा सामेल हुन भनेको थियो । तर, सूचना प्रकाशित भएको एक बर्ष वितिसक्दा समेत कर्मचारी नियुक्ति भएको पाईँदैन ।

यसअघि उपमेयर लक्ष्मी गौतमले सेटिङमा सबै आफ्ना मान्छे नियुक्ति गर्नुपर्छ भनेको विवादास्पद अडियो समेत बाहिरिएको थियो ।

विज्ञापन प्रकाशनको ६ महिनासम्म पनि कर्मचारी नियुक्ति नगरेको उपमहानगरपालिकाले ६ चैत्र ०७६ मा एक सूचना जारी गर्दै अन्तर्वार्ताको मिति परिवर्तन भएको जनाएको थियो । कोभिड १९ को कारण देखाउँदै उपमहानगरपालिकाले उल्लेखित पदहरुको अन्तर्वार्ताको मिति सारिएको जनाएको थियो ।

सूचना प्रकाशित भएको ६ महिनासम्म पनि कर्मचारी नियुक्ति नगरेको इटहरीले चैत्रमा कोभिडको कारण देखाउँदै कर्मचारीको अन्तर्वार्ताको मिति सरेको जनाएको थियो ।

१८ जना कर्मचारी करारमा राख्ने तयारी भएपनि १६ जनाले भने लिखित परीक्षा नै नदिईकन अन्तार्वार्तामा सामेल गराउन खोजिएको समेत बाहिरिएपछि उपमहानगरपालिका कार्यालयले अघिल्लो पटक रातारात सूचना जारी गर्दै अन्तर्वार्ताको मिति सारेको थियो । दुईजना कम्प्युटर अपरेटर र बाँकी १६ जनालाई कार्यालय सहयोगी राख्ने तयारी भएकोमा सहायकका लागि आह्वान गर्नेहरुले लिखित परीक्षा नदिएको खुलेको छ ।

कर्मचारी र जनप्रतिनिधि बीचको द्वन्द्ध र कमिसनमा हुने भागबण्डाको विवादले यसअघि पनि इटहरीमा समस्या चुलिदैँ आएको छ ।

केही जनप्रतिनिधिले कमिसनको लोभ र दलको दबाबमा आँफू निकटका व्यक्ति र दलका कार्यकर्तालाई कर्मचारीमा नियुक्त गर्ने योजना बनाएपनि कर्मचारीका कारण अन्य मान्छे नियुक्ति नभएको बुझिन्छ ।

‘जहाँ भागबन्डा मिल्दैन, त्यहाँ समस्या हुन्छ’ भनेजस्तै इटहरीमा लामो समय अगाडिदेखिको अन्य विवाद समेत अहिलेसम्म मिलेको पाईँदैन ।

एक कर्मचारीका अनुसार उपमहानगरपालिकाले सूचना नै जारी गरेर आह्वान गरेको कर्मचारी नियुक्तिका लागि उनीहरुले परीक्षा दिनुभन्दा अगाडि राजश्व तिरेकाले अनिवार्य रुपमा अन्तर्वार्ता गराउनुपर्ने हुन्छ ।

‘करारमा कर्मचारी लिदाँ राजश्व तिरेकाले परीक्षा चैँ अनिवार्य गराउनुपर्छ,’ उनले भने, ‘यही मितिमा भन्ने त हुँदैन, तर एक बर्षसम्म कर्मचारी नियुक्ति नगरिनु लज्जास्पद हो ।’

यता, इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीलाई फोन सम्पर्क गर्दा उनको फोन नउठेपछि उपमेयर लक्ष्मी गौतमलाई फोन गर्दा गौतमले आँफूलाई थाहा नभएको बताईन् । आँफूलाई केही पनि थाहा नभएको भन्दै उनले रेडिमेट जवाफ दिईन् ।

फोन सम्पर्कमा उनले टाकुरासँग भनिन्, ‘खोई मलाई त थाहा छैन, नियुक्ति भएका छैनन् होला ।’

यसअघि गौतमले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कृष्ण चापागाईँलाई आफ्ना मान्छे राखिनुपर्ने भन्दै धम्की दिएको अडियो गत १२ भदौमा सार्वजनिक भएपछि उनी विवादमा तानिएकी थिईन् ।

उपमेयर गौतमकै कारण केही समय अगाडि इटहरी उपमहानगरपालिकामा कार्यरत बरिष्ठ इन्जिनियर अर्जुन दाहाल सँगै अन्य केही कर्मचारीले समेत राजीनामा दिएका थिए ।

अन्य करारमा रहेका कर्मचारीहरुलाई पनि भ्रष्ट्राचारको आरोपमा निकाल्दै आफ्नो मान्छे नियुक्त गर्ने गरेको पोल समेत यसअगाडि खुलेको थियो ।

यो पनि – कोरोना नियन्त्रणमा ५ करोड खर्च गरेको इटहरीमा निको भएका संक्रमितको डाटा छैन

यो पनि – इटहरीकी उपमयेरको गम्भीर अभिव्यक्ति : पुराना कर्मचारी निकालेर सेटिङमा नयाँ राख्ने तयारी थियो

 

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका
विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित
समाचार

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चालित औषधि पसलमाथि प्रशासनले कारबाही थालेको छ। संयुक्त अनुगमन टोलीले कानुनी...

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन
FEATURE BREAKING

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : लोपोन्मुख नभए पनि नेपालका सिमसार क्षेत्रमा पाइने आकर्षक जलचर चरा जल अप्सरा लामो समयपछि सुनसरीको तरहरामा पुनः देखिएको...

पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३

झापा : एक वर्षमा ६५३ हराएका व्यक्ति भेटिए, १२३ घरेलु हिंसाका उजुरी फर्छ्योट

साउन ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

साउन ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

साउन ५, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३
पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    770 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    438 shares
    Share 175 Tweet 110

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.