Wednesday, July 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका संक्रमितको पीडादायी कथा : ‘घर छैन भने रुखको छहारीमा बस्नु, आइसोलेसन नजानुहोस्’ (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०७७
in टाकुरा विशेष, समाचार
0
इटहरीका संक्रमितको पीडादायी कथा : ‘घर छैन भने रुखको छहारीमा बस्नु, आइसोलेसन नजानुहोस्’ (भिडियोसहित)

इटहरी आइसोलेसनमा संक्रमित बस्ने कोठा ।

770
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीका अर्जुन शर्मालाई गत असोज २८ गते कोभिड १९ संक्रमणको पुष्टि भयो ।

संक्रमण पुष्टि भएपछि उनले आफ्नो परिवारमा जोखिम हुनसक्ने भएकाले अाँफू इटहरी उपमहानगरपालिकाले तयार गरेको आइसोलेसनमा बस्न जाने निर्णय गरे ।

तर, बिडम्बना शर्माले सोचेजस्तो त कुरै छाडौँ, आइसोलेसनमा भएका अमानवीय व्यवहारले उनमा पीडा थपियो ।

‘नगरपालिकाको आइसोलेसन साह्रै राम्रो भन्ने हल्लाले म त्यहाँ गएँ,’ शर्माले फोन सम्पर्कमा टाकुरासँग भने, ‘आइसोलेसन मा हैजा फैलने डर छ, त्यहाँ जानू उचित देखिएन ।’

उनले आँफू ११ दिनसम्म आइसोलेसनमा बस्दा साह्रै पीडादायी क्षण बिताउनुपरेको सुनाए ।

‘त्यहाँको फोहर कहिल्यै उठ्दैन, अब हैजा फैलने डर छ,’ शर्माले आइसोलेसनमा बस्दाको पीडा सम्झदैँ भने, ‘फाटेका झुलहरु छन्, लामखुट्टेको टोकाई सहनु नसक्दो छ, सामान्य मानिस पनि बिरामी हुन्छन् आइसोलेसनमा बस्दा, सुगुँरको खोरजस्तो छ आइसोलेसनको अवस्था ।’

सुत्ने ठाउँमै डम्पिङ साइट भएका कारण असहज हुने गरेको उनको भोगाई रहेको छ ।

इटहरी आइसोलेसनमा संक्रमित बस्ने कोठा नजिकै रहेको डम्पिङ साइट ।

सेनाले पनि बारबार आएर हप्काउने गरेको उनले बताए । ‘सेनाले राती राती आएर किन खानेकुरा मगाउनुहुन्छ भनेर दुःख दिने गरेको छ,’ उनले टाकुरालाई सुनाए, ‘बिरामीलाई पीडा माथि पीडा दिने काम गरिराखेको छ, स्वास्थ्यकर्मीले कहिल्यै पनि साह्रो, गाह्रोबारे सोध्न आएनन् ।’

शर्माले संक्रमितलाई सेनाले गर्ने अमानवीय व्यवहारको जति निन्दा र भत्र्सना गरेर नसकिने बताए ।

‘निरकुंश राजाको शाशनमा पनि यस्तो व्यवहार सेनाले जनतालाई गरेको नहुनुपर्ने हो,’ उनले भने, ‘सुत्ने ठाउँमा राती–राती सेनाको प्रवेश किन ? खानपिन र बिरामीको अवस्था बुझ्न स्वास्थ्यकर्मीको निरन्तर अनुगमन र निगरानी हुनुपर्ने यस्तो ठाउँमा कहिल्यै उनीहरु आएनन र आउँदैनन् रहेछन । मात्र सेना आउदो रहेछ ।’

राती सा¥होगा¥हो हुँदा संक्रमितलाई एम्बुलेन्समा हालेर पठाउने बाध्यता पनि संक्रमितहरुलाई नै रहेको उनले बताए ।

‘कुहिएको आलु र पाकेको फर्सिको एकनासे गन्धले अझै उल्टि आउन खोजिरहेछ । सोडा हालेर फुलाएको भात, प्लास्टिकमा पोका पारेर पछार्दै ल्याएको पानी जस्तो मुसुरो दाल, घरिघरी आउने अचार र एकपित्को सागको सहारामा बाँच्दाको सास्ती सबैका आत्मीय बनिरहे,’ उनले सामाजिक सञ्जालमा पनि लेखेका छन्, ‘रात कटाउने खोरकै सिरान पारेर तयार गरेको खाल्डाबाट आउने दालभातको कुहिएको गन्ध, दिनभरी चप्पलहरुले उडाउने बालुवा र धूलो, जुट अनुसन्धानले दुई दिन आडैमा चलाएको थ्रेसरको ढुटो नाकमा पसेर हैरान छ ।’

इटहरी आइसोलेसनमा संक्रमित बस्ने कोठा नजिकै रहेको फोहर ।

उनले रोग जानाजान कसैलाई पनि नलाग्ने र रोगी मानिसलाई सेना, स्वास्थ्यकर्मी र कर्मचारीले हेर्ने दृष्टिकोण तल्लो स्तरको रहेको बताउँदै कोही संक्रमित भएमा घरमै बस्न समेत भन्का छन् ।

‘संक्रमितहरुलाई एउटा सुझाव भरसक घरैमा बस्नोस, घर छैन भने खोलाछेउको रुखको छहारीमा बस्नोस, म चिउरा र तरकारी उपलब्ध गराउला ।’ उनले लेखेका छन् ।

नेपाली सेनाले सुरक्षाको जिम्मा लिएको उक्त आइसोलेसन प्रदेश १ सरकारको २० लाख सहयोगमा निर्माण भएको हो । ५ असोजदेखि सञ्चालनमा आएको आइसोलेसनमा एक सय बेड क्षमता रहेको छ । इटहरी उपमहानगरपालिकाले भने आइसोलेसन राम्रो रहेको भन्दै प्रचार गर्दै आएको छ ।

इटहरीका जनप्रतिनिधि प्रचारमुखी रहेको तर संक्रमितलाई भने घृणित नजरले हेर्ने गरेको संक्रमितहरुको गुनासो रहेको छ ।

यो पनि – इटहरीका कोरोना संक्रमितको गुनासो : ‘आइसोलेसनमा भेडा बाख्रा थुनेजस्तो छ’

यो पनि – कोरोना नियन्त्रणमा ५ करोड खर्च गरेको इटहरीमा निको भएका संक्रमितको डाटा छैन

यो पनि – पीसीआर परीक्षण नै नहुने इटहरीमा कसरी थपिन्छन् संक्रमित ? स्वास्थ्य शाखा प्रमुख भन्छन्, परीक्षण गर्नुको औचित्य छैन

भिडियो

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका #कोरोना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित
समाचार

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चालित औषधि पसलमाथि प्रशासनले कारबाही थालेको छ। संयुक्त अनुगमन टोलीले कानुनी...

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन
FEATURE BREAKING

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : लोपोन्मुख नभए पनि नेपालका सिमसार क्षेत्रमा पाइने आकर्षक जलचर चरा जल अप्सरा लामो समयपछि सुनसरीको तरहरामा पुनः देखिएको...

पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३

झापा : एक वर्षमा ६५३ हराएका व्यक्ति भेटिए, १२३ घरेलु हिंसाका उजुरी फर्छ्योट

साउन ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

साउन ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

साउन ५, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३
पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    770 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    439 shares
    Share 176 Tweet 110

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.