मोरङ : भारततर्फ जादै गरेको आठ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरीबाट गएको प्रहरी टोलीले विराटनगर – १८ बुधनगरबाट बिहीबार राती नियन्त्रणमा लिएको हो ।
तेस्रो मुलकबाट आयात भएको सुपारी नेपाल ल्याएर भारततर्फ तस्करी हुन लागेको आशंकामा प्रहरीले आठ ट्रक सुपारी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको सुपारी इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले जानकारी दिएका छन् ।
प्रहरीले नियन्त्रणमा लिएको सुपारीको सम्पूर्ण कागजपत्र रहेको छ । तर, यदि ठूलो परिमाणमा निर्यात हुन लागेको सुपारी नेपाली उत्पान नभएर तेस्रो मुलकबाट आयात भएर नेपाल ल्याएपछि भारततर्फ लैजान लागेको हुनसक्ने भएकोले त्यसको लागि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ । तेस्रो मुलुकबाट आयात भएको सुपारी भारत निर्यात गर्न पाइदैन ।
तर, तस्करी गर्न पल्किएका यहाँका व्यापारीले तेस्रो मुलुकबाट आयात गरेको सुपारी नेपाली उत्पादन भन्दै चोर बाटो प्रयोग गर्दै भारत तस्करी गर्ने गरेका छन् ।
तेस्रो मुलुकबाट आयात गरेको सुपारी किन्दा प्रतिकिलो बढीमा चार सय रुपैयाँ पर्छ । त्यति मूल्यमा किनिएको सुपारी ल्याएर स्थानीय व्यापारीलाई प्रतिकिलो ६ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेका छन् ।
भारतमा प्रतिकिलो सुपारीको ७ सय रुपैयाँ पर्छ । भारतले नेपालबाहेकका मुलुकबाट आयात प्रतिबन्ध गरेको सुपारी इन्डोनेसिया, थाइल्यान्ड र मलेसियाबाट नेपाल ल्याएर नेपालबाट खुला सीमाको फाइदा उठाएर भारत तस्करी हुने गरेको छ ।
प्रहरीले नियन्त्रणमा ल्एिको युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरमा सुपारी लोड गरेको ट्रक रहेको छ ।















Discussion about this post