सुनसरी : सुनसरी दुहवी नगरपालिका २ मा रहेको प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदारको फलामले किचेर मृत्यु भएको छ ।
आज विहान ६ बजे सोही फ्याक्ट्रीका कामदार सप्तरी छिन्नमस्ता २ का ४० वर्षीय दीपेन्द्र यादवको फलामले किचेर मृत्यु भएको हो ।
यादवले फलाम पल्टाउँदा सोही फलामले किचेर घाइते भएका उनको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।













Discussion about this post