तरहरा : इटहरी २० तरहराको पानीपियामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक धनकुटाको साँगुरीगढी गाउँपालिका ४, आहालेका २४ वर्षीय राकेश राई रहेका छन् । उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा मृत्यु भएको तरहरा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक (सई) दुखराम माझीले जानकारी दिए ।
उनका अनुसार इटहरीबाट धरानतर्फ जादैँ गरेको प्रदेश १-०२-०४० च ५८२७ नम्बरको मोटरसाइकललाई ना ५ ख ५८२३ नम्बरको ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका राईलाई राजमार्गमा सवार अन्य यात्रुहरुले उद्दार गरि उपचरको लागि वीपी प्रतिष्ठान पठाएका थिए ।
घटनास्थलमा प्रहरी चौकी तरहराको टोली पुगेको थियो । प्रहरीका अनुसार ट्रक चालक भने फरार रहेकाले खोजी कार्य भइरहेको छ ।














Discussion about this post