धरान । गत वर्ष जेनजी आन्दोलनमा आगलागी तथा तोडफोडका कारण पूर्ण रुपमा बन्द भएको धरानस्थित भाटभटेनीले आफ्नो सेवा सुरु गरेको छ । धरानलगायत देशका अधिकांश ठाउँमा रहेका भाटभटेनी सुरस्टोरमा आन्दोलनकारीले आगजनी गरेपछि सेवा ठप्प भएको थियो ।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ नेकपा एमाले निकट रहेकै आधारमा सुनसरीको धरान, मोरङको विराटनगर, झापाको दमक, बिर्तामोडलगायत काठमाडौँ उपत्यकाका अधिकांश ठाउँमा आन्दोलनकारीले आगजनी गरेका थिए । आगजनीपछि अबौँको नोक्सानी खपेर एक वर्षभित्रै भाटभटेनीले देशैभर सेवा सुचारु गरेको जनाएको छ ।
गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलन र सोको आवरणमा आगजनी तथा लुटपाटमा संलग्न दर्जनौँ भाटभटेनीमै जलेका थिए । सुनसरीको धरानस्थित भाटभटेनीमा जलेर खरानी भएको अवस्थामा चार जनाको शव भेटिएको भए पनि उनीहरुको हालसम्म सनाखत हुन सकेको छैन ।
भदाै २४ गते जेनजी आन्दोनलकै दिन पारेर धरानमा पुनः सञ्चालनमा आएको भाटभटेनीमा ग्राहकहरुको बाक्लो भिड लागेको थियो ।












Discussion about this post