इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टाेलीले सुनसरी जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन गर्ने क्रममा फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दुहबी नगरपालिका–११ का आशानारायण माझी रहेका छन्। उनले कुटपिट तथा अङ्गभङ्ग मुद्दामा दोषी ठहर भई ५ हजार रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
त्यस्तै हरिनगरा गाउँपालिका–६ का मो. मुराद मन्सुरी मियाँ चोरीडकैती मुद्दामा दोषी ठहर भई १६५ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको अवस्थामा पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रियामा पठाइएको छ।













Discussion about this post