Wednesday, September 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

माधव पाेख्रेल by माधव पाेख्रेल
भदौ २३, २०८३
in समाचार
0
खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका
56
SHARES
Share on FacebookShare on Twitter

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । वर्षौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको पानीबाट जीवन गुजारा गर्दै आएका उदयपुरको दुर्गम स्थानमा अवस्थित तीनवटा पालिकाका आम उपभोक्तालाई लक्षित गरी सञ्चालनमा ल्याइएको सुनकोशी खानेपानी आयोजनामा ढिलाइ भएको छ । ताप्ली मात्र हाेइन
उदयपुरका रौतामाई र लिम्चुङबुङका अधिकांश गाउँका यी साझा समस्या हुन् ।

उदयपुरको ताप्ली गाउँपालिका–५, कुनाहीस्थित सुनकोशी किनारामा सम्पवेल राखेर निर्माण गर्न लागिएको कोशी प्रदेशकै सबैभन्दा ठुलो खानेपानी योजनाको काममा ढिलासुस्ती भएपछि उपभोक्ता स्वच्छ खानेपानी उपभोगबाट वञ्चित हुँदै आएका छन् । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगरले उक्त आयोजनामा सञ्चालन गरेको हो । त्यस क्षेत्रका स्थानीयमा सुनकोशी नदीको स्वच्छ खानेपानी उपभोग गर्न पाउने समय कहिले आउने हो भन्ने अन्योल छाएको छ ।

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत रहेको जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनामार्फत सङ्घीय खानेपानी तथा ढल व्यवस्था कार्यालय विराटनगरले ११६ करोडभन्दा बढीको लागतमा झन्डै चार वर्ष पहिले लिफ्टिङ सिस्टमका दुई छुट्टाछुट्टै सुनकोशी खानेपानी योजना निर्माणको काम सुरु गरेको हो । निर्माण कम्पनी र आयोजना सञ्चालक कार्यालयको ढिलासुस्तीका कारण निर्धारित समयसीमाभित्र योजनाको काम सम्पन्न नहुने भएपछि उदयपुरका ताप्ली, रौतामाई र लिम्चुङबुङ गाउँपालिकाका करिब ३७ हजार स्थानीय उपभोक्ताले स्वच्छ खानेपानीको सुविधा पाउन अझ कति समय कुर्नुपर्ने भन्ने कुनै टुङ्गो छैन ।

नेपाल सरकारको एक अर्ब १६ करोड रुपियाँको लगानीमा २०८२ साल असार ३० गतेभित्र निर्माणसम्पन्न गर्ने गरी सुनकोशी खानेपानी आयोजनाको स्किम–१ अन्तर्गत लिम्चुङ्बुङ गाउँपालिकाका वडा नं. १ देखि ५ सम्म र रौतामाई गाउँपालिकाको वडा नं. १ देखि ३ सम्मका तीन हजार २७२ घरधुरीका १९ हजार १४१ उपभोक्तालाई स्वच्छ खानेपानीको सुविधा उपभोग गर्न पाउने गरी उक्त योजना कार्यान्वयनमा ल्याएको हो । योजनाको स्किम–२ अन्तर्गत ताप्ली गाउँपालिकाका वडा नं. १ देखि ५ सम्मका तीन हजार ५६ घरधुरीका १७ हजार ८७९ उपभोक्तालाई छ हजार ३२७ वटा धारामार्फत स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउनुपर्ने भए पनि हालसम्म पाइप लाइन गाड्ने काम पनि नसकिएको ताप्ली गाउँपालिकाकी उपाध्यक्ष धनम मगरले बताए ।

तीन वटा पालिकाका छ हजार ३२७ घरधुरीका कुल ३७ हजार २० जना उपभोक्तालक्षित आयोजना तयार पारिएको हो । बृहत् लिफ्टिङ सुनकोशी खानेपानी आयोजना अन्तर्गत स्थानीय उपभोक्ताले नगद जम्मा गर्नुपर्ने एक प्रतिशतले हुने रकम एक करोड ५८ लाख ९६ हजार ५५२ रुपियाँ सम्बन्धित पालिकाले यसअघि नै जम्मा गरिदिएको तर ठेकेदारले ढिलाइ गर्दा योजनाको काम अगाडि नबढेको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले बताए ।

आयोजनामा स्किम–२ अन्तर्गत ताप्ली गाउँपालिकाको वडा नं. ५ को कुनाही र स्किम– १ अन्तर्गत लिम्चुङ्बुङ गाउँपालिकाको वडा नं. १ को राकुली दोभानस्थित सुनकोशी नदी किनारामा सम्पवेल बनाएर क्रमशः २५ र ३५ किलोमिटरमाथि च्यानडाँडा र दोबाटे भन्ज्याङसम्म कोशीको पानी तानेर उपभोक्तालाई वितरण गरिने छ । स्किम–१ का आठ ठाउँमा पम्पिङ गरी प्रतिसेकेन्ड १७.५ लिटर र स्किम–२ मा सात ठाउँमा पम्पिङ गरी प्रतिसेकेन्ड १६.५ लिटर पानी तानेर रिजर्भ ट्यांकीमा जम्मा गरी उपभोक्तालाई पाइपमार्फत घर घरमा वितरण गरिने आयोजना प्रमुख इन्जिनियर टेकबहादुर चौधरीले बताए।

आयोजना प्रमुख चौधरीका अनुसार हालसम्म दुई वटा सम्पवेल, चार वटा रिजर्भ लिफ्ट ट्यांकी र ६७७ किलोमिटर पाइप लाइनमध्ये करिब ५५० किलोमिटर पाइप लाइन निर्माणको काम सम्पन्न भएको तथा स्किम–१ र स्किम–२ अन्तर्गत ५८ करोड ७४ लाख ७७ हजार ५२५ रुपियाँ भुक्तानीसमेत दिइसकिएको छ ।

निर्माण कम्पनी मृत सञ्जीवनी एचएम ज्वाइन्ट भेन्चरका ठेकेदार करुण श्रेष्ठसँग सम्पर्क गर्दा उहाँले योजना विकट ठाउँमा भएकाले निर्धारित समयमा काम सम्पन्न गर्न आफूलाई निकै मुस्किल परेको, व्यक्ति विशेषले पाइप लाइन खन्न जग्गा दिनमा किचलो गर्ने गरेको र निर्माण सामग्री ढुवानी गरेर लैजान सडकको पहुँच पनि नभएकाले काम गर्न कठिन भएको बताए । उनले सोही योजनाको सामग्रीलिन छिमेकी मुलुक चीन जान लागेकाले अब केही दिनपछि धमाधम काम सुरु गर्ने बताएका छन् ।

Tags: #उदयपुरखानेपानीताप्ली
माधव पाेख्रेल

माधव पाेख्रेल

Related Posts

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी
FEATURE BREAKING

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

by माधव पाेख्रेल
भदौ २४, २०८३
0

धरान । गत वर्ष जेनजी आन्दोलनमा आगलागी तथा तोडफोडका कारण पूर्ण रुपमा बन्द भएको धरानस्थित भाटभटेनीले आफ्नो सेवा सुरु गरेको...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
समाचार

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

by माधव पाेख्रेल
भदौ २४, २०८३
0

धनकुटा । धनकुटाको साँगुरीगढी नगरपालिका-७ बाट १ हजार २४० किलो ६०० ग्राम गाँजा बोकेको ट्रक प्रहरीले नियन्त्रण लिएको छ ।...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३
अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

भदौ २४, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

भदौ २४, २०८३
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३
अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

भदौ २४, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    294 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    288 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.