इटहरी : एमाले नेता भीम आचार्यका भाइ राम आचार्य मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरीका अनुसार इनरुवा ३ महेन्द्र चौकमा घरमै सुतिरहेको अवस्थामा उनी मृत फेला परेका हुन् ।
‘झ्याल, ढोका सबै बन्द छ, सुतिरहेकै अवस्थामा मृत रहेको सूचना आएपछि प्रहरी टोली खटिएको छ,’ उनले भने, ‘प्रेसरको दबाइ खाने गरेको खुलेपनि थप अनुसन्धान र मुचुल्का उठाउने काम भइरहेको छ ।’













Discussion about this post