इटहरी : प्रदेश १ का नवनिर्वाचित मुख्यमन्त्री भीम आचार्यलाई एकैदिन बधाई दिने र समवेदना दिनेको भीड लागेको छ । कारण हो, उनका भाइ सुनसरीको इनरुवास्थित आफ्नै घरमा मृत भेटिएका छन् ।
बिहीबार आचार्य मुख्यमन्त्री हुँदै गर्दा उनका भाइ ५९ वर्षीय राम आचार्य आफ्नै घरमा मृत भेटिएको सुनसरी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता (डीएसपी) नरेन्द्र कार्कीका अनुसार बिहीबार बिहान १० बजे कोठाको झ्याल, ढोका सबै बन्द रहेको अवस्थामा उनी मृत फेला परेका छन् । मृतक आचार्यको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा लगिएको छ
बिहीबार बिहान भाइको मृत्यु शोकमा परेका आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्न सिफारिस गरियो ।
एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले राजीनामा गर्दै दलको नेतामा आचार्यको नाम सिफारिस गरे । सिफारिस भएको एक घण्टामै उनले मुख्यमन्त्रीको रूपमा शपथग्रहण गरे ।
यसअघि आचार्यले प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राईलाई हटाएर आफू सो कुर्सीमा बस्न निकै जोडबल गरेका थिए । त्यो बेला उनले तीन पटकसम्म त्यस्तो प्रयास गरेका थिए ।
मुख्यमन्त्री बन्दै गर्दा भातृशोकमा परेका आचार्यका नाममा यतिबेला सामाजिक सञ्जालमा कसैले बधाई कसैले समवेदनाका शब्दहरू व्यक्त गरिरहेका छन् ।
यो पनि – एमाले नेता भीम आचार्यका भाइ राम आचार्य इनरुवामा मृत फेला













Discussion about this post