इटहरी : आज विश्वकर्मा पूजा रहेको छ । नेपालमा प्रत्येक वर्ष असोज १ गते अर्थात सेप्टेम्बर १७ मा विश्वकर्मा पूजा धुमधामसाथ मनाइन्छ ।
सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरेर विश्वकर्मा पूजा मनाउने प्रचलन छ ।
समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वास गरिन्छ । नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गएर आफ्नो सवारी साधन पूजा गर्ने गर्छन् ।
आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । नेपालमा आजैदेखि शरद ऋतु प्रारम्भ भएको मानिन्छ ।














Discussion about this post