Sunday, September 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

माधव पोख्रेल by माधव पोख्रेल
अशोज ११, २०८३
in FEATURE BREAKING, समाचार
0
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र
53
SHARES
Share on FacebookShare on Twitter

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं.–१ रानीटारबाट भोजपुरको आमचोक गाउँपालिका–५ जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु गरेको १० वर्ष भए पनि निर्माण व्यवसायीको लापरबाहीका कारण आधा काम सकेर अलपत्र अवस्थामा छाडिएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका र भोजपुरको आमचोक गाउँपालिका जोड्न रानीटारमा ०७४ मा निर्माण सुरु गरिएको १० वर्ष पुग्न लाग्दा पनि पुल अझै अलपत्र छ ।

पुल नबन्दा उदयपुरको चौदण्डीगढी नगरपालिका–१ र भोजपुरको आमचोक गाउँपालिका– ५ जोड्ने सडक वर्षायाममा यातायातबाट सम्बन्ध विच्छेद हुने गरेको छ । हिउँदमा पनि सवारीसाधन र सामान नदी पार गराउन फेरीको भर पर्नुपर्छ ।

वर्षाको समयमा झोलुङ्गे पुलबाट भरियालाई बोकाएर चामल, खाद्यान्न, निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्नुपर्ने अवस्था छ । २२ करोड ३५ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पुलले एक दशकसम्म पनि नदीमाथिको सडक यातायात सहज बनाउन नसक्दा उदयपुरको बेल्टार बजार हुँदै भोजपुरको आमचोकसहित दक्षिणी क्षेत्र जोड्ने सडकको उपयोग नै प्रभावित भएको छ ।

सडक निर्माण भएर पनि सुनकोशी नदी तर्न पक्की पुल नहुँदा स्थानीयले हरेक वर्ष एउटै समस्या दोहो¥याउनुपरेको छ । पुल निर्माण सम्पन्न भए भोजपुरका २० हजार नागरिकलाई उदयपुर हुँदै धरान, इटहरी, विराटनगर जोड्ने छोटो र सहज मार्ग खुल्ने चौदण्डीगढी नगरपालिका–१ रानीटारका निरबहादुर राईले बताए ।

उदयपुरबाट भोजपुरतर्फ चामललगायत खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी हुने र भोजपुरबाट काठलगायत सामग्री उदयपुरतर्फ ल्याउने गरिएको छ । तर, वर्षायाममा मोटरबाट सामान लैजान नसक्दा भरियालाई झोलुङ्गे पुलबाट बोकाएर नदी पार गराउनुपर्ने अवस्था रहेको उनले बताए ।

‘पक्की पुल निर्माण शुरु गरेको १० वर्षमा पनि बनेन । हिउँदमा फेरी लगाएर सामान तार्नुपर्छ । बर्खामा भरियालाई बोकाएर ढुवानी गर्नुपर्ने बाध्यता छ,’ राईले भने, ‘उदयपुरबाट दाल, चामल तरकारी, फलफूल तथा अन्य दैनिक उपभोग्य सामान लगायत खाद्यान्न र उपभोग्य वस्तु जान्छन् ।’

भोजपुरबाट पहाडी क्षेत्रमा उत्पादन हुने विभिन्न प्रकारका खाद्यान्नहरू, धातुका सामान तथा काठ लगायतका वस्तु आउने गर्छन् । उनले थपे, ‘पुल बनेको भए स्थानीयलाई धेरै सहज हुने थियो । अहिले पुल नबन्दा सबैभन्दा मारमा बिरामी पर्ने गरेका छन् ।’

हिउँदमा पनि उक्त बाटोको यात्रा गर्दा उत्तिकै जोखिम हुने गरेको छ । गएको हिउँदमा सुनसरीको इटहरीबाट भोजपुरको आमचोकतर्फ जाँदै गरेको यात्रुवाहक बस फेरीबाट सुनकोशी तार्ने क्रममा नदीमा डुबेको थियो । बसमा यात्रु नभएकाले मानवीय क्षति भने हुन पाएन । यात्रुहरूलाई त्यसअघि नै झोलुंगे पुलबाट नदी पार गराइएको थियो ।

चौदण्डीगढी नगरपालिका–१ का वडाध्यक्ष सीताराम राईका अनुसार पुल नबन्दा स्थानीयले वर्षौँदेखि एउटै समस्या भोग्दै आएका छन् ।

‘समयमै पुल बनेन । हिउँदमा फेरी सञ्चालन गर्नुपर्छ, वर्षामा यातायात नै ठप्प हुन्छ,’ उनले भने, ‘भोजपुरका र उदयपुरका झन्डै ३० हजार नागरिकलाई उदयपुर हुँदै ठूला सहरसँग जोड्ने मुख्य नाका भएकाले पुलको आवश्यकता धेरै छ ।’

मोटरेबल पक्की पुल निर्माणका लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०७४ भदौमा रानीटारमा शिलान्यास गरेका थिए । त्यही अवसरमा उदयपुरको त्रियुगा नगरपालिका–१४, धाप्लाङ र खोटाङको बराहपोखरी गाउँपालिका–२ जोड्ने सुनकोशी पुलको पनि शिलान्यास गरिएको थियो ।

दुवै पुलको निर्माण रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडौंले गरिरहेको पुल सेक्टर कार्यालय धरानले जनाएको छ ।

पुल सेक्टर कार्यालय धरानका सूचना अधिकारी नवीनकुमार साहका अनुसार सुरुमा तयार गरिएको पुलको डिजाइन परिवर्तन गर्नुपरेकाले निर्माणमा ढिलाइ भएको हो । रानीटार पुलको ठेक्का रकम भ्याटबाहेक २२ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

धाप्लाङ पुलको ठेक्का रकम भने २२ करोड पाँच लाख रुपैयाँ रहेको कार्यालयले जनाएको छ । राज्यले सडक पु¥याए पनि नदीमाथि पुल नबन्दा पूर्वाधारको लाभ नागरिकसम्म पुग्न सकेको छैन ।

एक दशकअघि सुरु भएको पुल निर्माण कहिले सम्पन्न हुन्छ भन्ने टुंगो नहुँदा स्थानीय भने हरेक वर्ष हिउँदमा फेरी र वर्षामा भरियाकै भरमा नदी पार गर्न बाध्य छन् ।

Tags: #उदयपुरअलपत्रपुल
माधव पोख्रेल

माधव पोख्रेल

उदयपुरको गाईघाटमा रहेर साहित्यिक लेखन तथा पत्रकारिता गर्दै आएका पोख्रेल निजामती सेवाबाट अवकाशप्राप्त हुन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन् । अवकाशप्राप्तपछि पत्रकारिता यात्रा सुरु गरेका उनी टाकुरा न्यूजका लागि उदयपुर संवाददाता हुन् ।

Related Posts

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न
विविध

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको...

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा
FEATURE BREAKING

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

विराटनगर : विराटनगरमा प्रहरीको चेकिङ छल्दै भाग्न खोजेको स्कोर्पियोले अर्को कारलाई ठक्कर दिएपछि ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा लागूऔषधसहित पाँच जना पक्राउ

अशोज ११, २०८३
बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

अशोज ११, २०८३
पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी

पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी

अशोज ११, २०८३
तालतलैया गोल्डकपको उपाधि शतिसालेलाई

तालतलैया गोल्डकपको उपाधि शतिसालेलाई

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा लागूऔषधसहित पाँच जना पक्राउ

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.