Wednesday, September 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानका निजी विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन, कारबाही गर्ने उपमहानगरको चेतावनी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ५, २०७८
in समाचार
0
धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने
157
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिकाको निर्देशन उल्लंघन गर्दै धरानका निजी विद्यालय तथा कलेजहरुले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको छ ।

मङ्गलबार धरानका विभिन्न विद्यालय तथा कलेजहरुमा अनुगमन गर्दा उपमहानगरपालिकाको निदेर्शन विपरीत भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको हो ।

धरान उपमहानगरपालिकाका शिक्षा, यूवा तथा खेलकुद महाशाखा अधिकृत मनोज भट्टराई, नगर प्रमुखका स्वकीय सचिव राजेशमान श्रेष्ठ, बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, नगर प्रहरी निरीक्षक विष्णु कोइराला सहितको टोली निजी विद्यालय तथा कलेज अनुगमन गर्न गएका थिए ।

मेयर तिलक राईको अध्यक्षतामा गएको भदौ ३१ गते बसेको कार्यपालिकाको बैठकले धरानमा कोरोना महामारी अझै नियन्त्रण हुन नसकेको भन्दै तिहारपछि मात्र विद्यालय तथा कलेजहरु खुलाउने निर्णय गरेको थियो ।

अधिकृत मनोज भट्टराईले आज धरानका चार वटा निजी स्कूल तथा कलेजहरुमा गएर अनुगमन गरिएको जानकारी दिए । उनका अनुसार विष्णु मेमोरियल, समिट सेकेन्डरी स्कूल, धरान आदर्श र यूरिका स्कुलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा विष्णु मेमोरियलमा विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन भइरहेको उनले बताए ।

उपमहानगरद्दारा जारी विज्ञप्ति

बिहानको सिफ्टमा कक्षा ११ र १२ को भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरिएको विष्णु मेमोरियलले स्वीकार गरेको छ । यस्तै, समिट स्कूलले पनि नर्सरी र यूकेजीको विद्यार्थीलाई दिउँसोको सिफ्टमा भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको भेटिएको थियो । अनुगमनका क्रममा धरान आदर्शमा भने कक्षा ११ र १२ को परीक्षा सञ्चालन भइरहेको भेटिएको थियो ।

अधिकृत भट्टराईका अनुसार यूरिका स्कूलमा भने पठनपाठन भएको देखिएको थिएन । ‘अनुगमनलाई निरन्तरता दिनेछौं, भोलि पनि अनुगमनमा जान्छौं, कडाईका साथ अनुगमन गर्छौँ, नगरपालिकाको निर्देशन विपरीत विद्यालय तथा कलेजहरुमा पठनपाठन भइरहेको पाइएमा कारबाही पनि गर्छौ,’ अधिकृत भट्टराईले भने ।

उपमहानगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद महाशाखाले धरानमा विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेको पाइएमा प्रचलित कानून अनुसार कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ । उपमहानगरपालिकाले भौतिक रुपमा विद्यालय सञ्चालन नगरी वैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजीकरण कार्यलाई निरन्तर अगाडि बढाउन निर्देशन दिएका थिए ।

Tags: #अनुगमन#धरान#धरान उपमहानगरपालिकाशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका
FEATURE BREAKING

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । वर्षौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको...

FEATURE BREAKING

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

इटहरी । बाल यौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका इटहरीका ६८ वर्षीय थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ का...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    286 shares
    Share 114 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.