मोरङ : मोरङको रतुवामाई नगरपालिका ८ आँमडाडा स्थित आँमबारी उर्लाबारी सडक खण्डमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठक्कर हुदा दुर्घटना परेर एक जनाको मृत्यु भएको छ, भने एक जना घाईते भएका छन् ।
हिजो मे १ त ४४८७ नम्बरको ट्रयाक्टर र विपरीत दिशाबाट आउदै गरेको प्र– ३ –०२–००२ प ४५८७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर हुदा मोटरसाईकल चालक सोही स्थानका २७ वर्षीय बिबेक पोखरेल र पछाडी सवार २८ वर्षीय यादव पाठक घाईते भई उपचारको लागी न्युरो अस्पताल विराटनगर लगिएको थियो ।
घाईते मध्ये यादव पाठकको उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालक रतुवामाई नगरपालिका २ का ३२ वर्षीय गणेश पासवान इलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post