Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
in समाचार
0
कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड
90
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार राजनीतिक संकटको संघारमा पुगेको छ।

नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्ष निकालेसँगै सरकारको भविष्य अनिश्चित बनेको हो। यद्यपि, कांग्रेसले तत्काल सरकारबाट बाहिरिने निर्णय नगरी केन्द्रको निर्देशन पर्खने रणनीति अपनाएको छ।

बिहीबार बसेको कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बैठकले सरकारबाट मन्त्री फिर्ता बोलाउने तयारी गरे पनि अन्तिम निर्णय गरेन।

बैठकले प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा र केन्द्रीय सदस्य अमृत अर्याललाई केन्द्रीय नेतृत्वसँग समन्वय गरी आवश्यक निर्णय गर्ने जिम्मेवारी दिएको छ।

कांग्रेस संसदीय दलका नेता थापाले एमालेसँगको सत्ता सहकार्य राजनीतिक रूपमा समाप्त भइसकेको स्पष्ट पारे। उनका अनुसार अब कांग्रेस एमालेसँग पुनः सहकार्य, नेकपासँग नयाँ गठबन्धन वा प्रतिपक्षमा बस्ने तीन विकल्पमाथि छलफल गरिरहेको छ।

कांग्रेस सरकारबाट बाहिरिने भएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा पर्ने सम्भावना बलियो बनेको छ। त्यसपछि नयाँ सरकार गठन वा विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने भएकाले प्रदेशको राजनीति फेरि तरंगित बनेको छ।

९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ। एमालेसँग ४० सांसद मात्रै रहेकाले कांग्रेसको समर्थन गुमेपछि सरकार टिकाउन अर्को दलको साथ अनिवार्य हुनेछ। यही कारण अहिले सत्ता समीकरणको केन्द्रमा नेकपा (माओवादी केन्द्र) देखिएको छ।

स्रोतका अनुसार एमाले र कांग्रेस दुवैले माओवादी केन्द्रलाई आफ्नो पक्षमा ल्याउन आन्तरिक संवाद तीव्र बनाएका छन्। नेकपाले लिने निर्णयले नै कोशी प्रदेशको आगामी सरकारको स्वरूप तय गर्ने अवस्था सिर्जना भएको छ।

यता कांग्रेसभित्र पनि नयाँ समीकरण बने आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गृहकार्य सुरु भएको छ। संसदीय दलका नेता थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने विषयमा आन्तरिक छलफल भइरहेको भए पनि त्यसबारे औपचारिक निर्णय भने भएको छैन।

हाल कार्की नेतृत्वको सरकारमा कांग्रेसका तर्फबाट पाँच मन्त्री सहभागी छन्।

सरकारमा कांग्रेसका तर्फबाट पूर्वाधार मन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भौतिक राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन्।

उनीहरूलाई फिर्ता बोलाउने तयारी रहे पनि केन्द्रको संकेत नआएकाले निर्णय स्थगित गरिएको कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले बताए।

कोशीको सत्ता निरन्तरताबारे अब केन्द्रबाट आउने राजनीतिक निर्णय नै निर्णायक हुने देखिएको उनी बताउँछन्।

उनका अनुसार केन्द्रबाट औपचारिक निर्णय आएपछि प्रदेशमा पुनः बैठक बसेर सरकारमा रहने वा बाहिरिने विषयमा अन्तिम निर्णय गर्नका लागि थापालाई जिम्मेवारी दिइएको छ।

‘बिहीबारको बैठकबाट ठ्याक्कै यसै गर्ने भन्ने निर्णय नहुँदा मन्त्रीलाई पनि फिर्ता नबोलाइएको हो,’ तामाङले भने, ‘अब राजनीतिक अवस्था हेरेर केन्द्रको निर्णयबाट समीकरण टुंगिन्छ।’

सुदूरपश्चिदेखि देखिएको प्रदेशहरूको सत्ता समीकरणमा कोशीको समस्या भने फरक रहेको उनको तर्क छ। कोशीमा चार वर्षयता पटक–पटक सरकार परिवर्तन हुँदै आएको छ।

यो पनि – कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

Tags: कोसी प्रदेशहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव
FEATURE BREAKING

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसको कायममुकायम क्याम्पस प्रमुखमा सञ्जीव यादव नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको बैठकले सहप्राध्यापक...

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती
FEATURE BREAKING

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    447 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.