इटहरी : श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफूले सांसदका लागि उपलब्ध गराइने स्वकीय सचिव नलिने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद साम्पाङले राज्यको आर्थिक भार कम गर्ने उद्देश्यले स्वकीय सचिव नलिने निर्णय गरेको बताएका हुन्।
उनले लेखेका छन्, “मैले राज्यको भार धेरै घटाउन नसके पनि सांसदलाई दिइन लागेको स्वकीय सचिव नलिने निर्णय गरेको छु। त्यो स्वकीयलाई दिने तलब–भत्ताले कुनै गरिब विद्यार्थीलाई खान–लाउन दिइयोस्।”
साम्पाङको यो अभिव्यक्तिलाई सार्वजनिक खर्च कटौती र सामाजिक उत्तरदायित्वसँग जोडेर हेरिएको छ।
उनले स्वकीय सचिवका लागि छुट्याइने बजेट विपन्न विद्यार्थीको शिक्षा तथा जीवनयापनमा खर्च गर्न सरकारसँग आग्रहसमेत गरेका छन्।




















Discussion about this post