Tuesday, September 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

आयुर्वेद व्यवसायीको गुनासो–सरकारले आयुर्वेद औषधीलाई पत्याएन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
आयुर्वेद व्यवसायीको गुनासो–सरकारले आयुर्वेद औषधीलाई पत्याएन
691
SHARES
Share on FacebookShare on Twitter

इटहरी : अहिले कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुक लकडाउनमा छ । कोरोनाको जोखिम त छ नै । यसैबीच कोरोनाको औषधी पत्ता नलागिरहेको सन्र्दभमा आयुर्वेद औषधी व्यवसायीहरुले भने सरकारले आयुर्वेदिक औषधीलाई नपत्याएको गुनासो गरेका छन् ।
उनीहरुले आयुर्वेदको प्रयोग गरे कोरोनाबाट मुक्त हुने बताउँदै सरकारले आफ्नो कुरा नसुन्ने गरेको व्यवसायीहरुको गुनासो छ । आयुर्वेद व्यवसायी संघ प्रदेश १ का अध्यक्ष बैध जगत बहादुर भट्टराई भन्छन्, ‘विश्वमै नेपाल जडिबुटीको धनी देश हो, तर सरकारले यसलाई उचित प्रयोग गर्न नजान्दा विभिन्न रोगको उपचारका लागि प्रयोगमा ल्याउँन नसक्नु समग्र देशकै लागि दुःखद् हो ।’ उनले देशमा उत्पादन भएका जडिबुटीको आवश्यक पहिचान गरी उपचार पद्धतिमा लागू गरेमा जस्तोसुकै रोगको पनि समाधान हुने तर्क गरे । भट्टराई भन्छन्, ‘अहिले महामारीका रुपमा फैलिएको कोरोना संक्रमितका लागि पनि जडिबुटीबाट बनेको आयुर्वेदिक औषधीको प्रयोग गरेमा संक्रमितका लागि जोखिम न्यूनीकरण हुन्छ ।’ उनका अनुसार मानव स्वास्थ्य रक्षाका लागि र शरीरमा रोग प्रतिरोधात्मक क्षमताको बृद्धि गरी जुनसुकै भाइरससँग लड्नका लागि आयुर्वेदिक औषधीको प्रयोगले फाइदा गर्ने भएपनि सरकारले यसलाई बेवास्ता गरिरहेको छ ।
जडिबुटीको उत्पादन र प्रयोगलाई बढाएमा देशको अर्थतन्त्र पनि मजबुत हुने उनको भनाई थियो । उनले आयुर्वेदलाई सरकारले मुख्य चिकित्सा प्रणाली अन्र्तगत राख्नुपर्ने बताउँदै अहिले बैकल्पिक चिकित्सामा मात्र राखेको जानकारी दिए । अहिलेको बिषम् परिस्थितिमा सरकारले आयुर्वेदिक डाक्टरसँग समन्यव गरेर रोगसँग लड्नका लागि उचित जडिबुटीको पहिचान गरी कदम चाल्नुपर्ने उनको भनाई छ । आयुर्वेदलाई सरकारले चिन्न अझै पनि ढिला गरेमा देशले थप क्षती व्यहोर्नुपर्ने उनको भनाई थियो । सरकारले आफ्ना मातहतका आयुर्वेद सँग सम्बन्धित स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई तत्काल प्रयोगमा ल्याउँनुपर्ने उनी बताउँछन् ।
डाक्टर इश्वर अधिकारी पनि सरकारले यो समयमा मात्रै नभई जस्तोसुकै परिस्थितिमा पनि आयुर्वेदिक औषधीको प्रयोग गर्नुपर्नेमा जोड दिन्छन् । उनले टाकुरासँग भने, ‘आयुर्वेदको ज्ञान भएका मानिसहरुले नै चासो नदेखाएका कारण जडिबुटी क्षेत्र धराशयी बन्दै गएको छ, यसमा ज्ञान भएका मानिसहरुलाई प्रयोगमा ल्याउँन आवश्यक रहेको छ ।’ उनका अनुसार सरकारी संयन्त्रका आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीले तत्काल यससम्बन्धी सचेतना फैलाउँन आवश्यक छ । ‘विज्ञहरुले नै यसमा चासो नदेखाएका कारण जडिबुटीको कम प्रयोग भइरहेको छ,’ उनले भने, ‘जडिबुटीकै कारण जस्तोसुकै रोगसँग लड्न सकिने र देशको अर्थतन्त्र पनि बलियो हुनेछ ।’
आयुर्वेद कविराज सुजन तिम्सिना पनि सरकारले आयुर्वेदलाई नपत्याएको गुनासो गर्दै भन्छन्, ‘कोरोनाका विरामीलाई आयुर्वेद र एलोपेथिक औषधी प्रयोग गरेमा ९५ प्रतिसत ठीक हुन्छ ।’ उनले कोरोना लागेका बिरामीलाई एलोपेथिक र आयुर्वेदिक औषधी चलाउनुपर्ने बताउँदै अहिले पनि नेपाली समाजमा आयुर्वेदले काम गर्ने विश्वास नगरिएको बताए । ‘नेपाली समाजमा आयुर्वेदले यत्रो ठूलो काम गर्छ र भन्ने हुनसक्छ,’ उनले भने, ‘तर यो सम्भव छ, एन्टिभाइटिकले कुनै पनि भाइरस मार्दैन ।’

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना
कला साहित्य

धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना

by टाकुरा न्यूज । इटहरी
अशोज ६, २०८३
0

धरान : धरानको सांगीतिक इतिहाससँग जोडिएका ९० दशकका चर्चित गीत तथा कलाकारहरूको सम्झना पुनः ताजा हुने भएको छ । ९०...

इटहरीमा शान्ति र जलवायु न्यायबारे नागरिक संवाद
विविध

इटहरीमा शान्ति र जलवायु न्यायबारे नागरिक संवाद

by मनाेज अधिकारी
अशोज ६, २०८३
0

इटहरी : मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाको आयोजनामा शान्ति, जलवायु न्याय, उद्धार, राहत तथा पुनर्वासका विषयमा नागरिक संवाद...

कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

अशोज ५, २०८३
मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु

मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु

अशोज ५, २०८३
करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा एक वृद्धको मृत्यु

अशोज ५, २०८३
माटोमा सीप मिसाउँदा गाउँमै खुल्यो आम्दानीको बाटो

माटोमा सीप मिसाउँदा गाउँमै खुल्यो आम्दानीको बाटो

अशोज ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना

धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना

अशोज ६, २०८३
इटहरीमा शान्ति र जलवायु न्यायबारे नागरिक संवाद

इटहरीमा शान्ति र जलवायु न्यायबारे नागरिक संवाद

अशोज ६, २०८३
पहिलोपटक विश्वकर्मा मन्दिरको आम्दानी सार्वजनिक

पहिलोपटक विश्वकर्मा मन्दिरको आम्दानी सार्वजनिक

अशोज ५, २०८३
कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

अशोज ५, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    310 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.