इटहरी : इटहरी उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीको निधन भएको छ ।
उपमहानगरपालिकामा कार्यरत हलुका सवारी चालक पुष्पलाल चौधरीको आज निधन भएको हो ।
उनको निधन भएसँगै आगामी आइतबार कार्यालय बन्द हुने भएको छ । चौधरीको निधनमा शोक व्यक्त गर्दै आइतबार एक दिनका लागि कार्यालय बिदा गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार २० ओटै वडा कार्यालयहरुमा आइतबार शोक बिदा दिइने छ ।















Discussion about this post