संखुवासभा : संखुवासभाको मकालु गाँउपालिका ५ चौलाखर्कस्थित ८ महिने बालकको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा हर्कबहादुर तामाङको ८ महिनाको छोरा सक्षम तामाङ रहेका छन् ।
घर नजिकैको माछा पोखरीमा डुबेर घाइते भएका बालकलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।



















Discussion about this post