इटहरी : संखुवासभाको खादबारी नगरपालिका ११ गैरीखेत बस्ने ३० वर्षीय चन्द्र बहादुर दर्जी र सोही ठाउँ बस्ने सोहि उमेरका जीवन दर्जी बीच भएको विवादमा कुटपिट हुँदा चन्द्र बहादुरको मृत्यु भएको छ ।
कुटपिटमा संलग्न रहेको अभियोगमा जिवन दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुबीच भएको विवादमा कुटपिट हुँदा चन्द्र बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चन्दनपुरबाट गएको प्रहरीले घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post