धनकुटा : १० वर्षीया बालिका बलात्कार गरेको आरोपमा धनकुटा नगरपालिका ९ छिम्सुवाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
गत असोज ९ गते बालिका बलात्कार गरी फरार भएका २० वर्षीय सरोज भनिने गोपी बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
गोठालो गएको बेला बस्नेतले बालिकालाई बलात्कार गरेको र त्यसबारे पीडित पक्षले उजुरी दिएपछि फरार भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार सीमा क्षेत्रमा लुकीछिपी बस्दैआएको अवस्थामा आरोपीलाई पक्राउ गरिएको हो ।
अभियुक्त बस्नेतलाई जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post